३ महिनामा धरहरा प्रवेश शुल्कबाट उठ्यो एक करोड ५२ लाख राजस्व

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
४० पटक हेरिएको
Shares
३ महिनामा धरहरा प्रवेश शुल्कबाट उठ्यो एक करोड ५२ लाख राजस्व

सारांश

  • गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ ।
  • पुनर्निर्माणपश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय बढाइएको हो ।
  • १४ माघसम्म ३:१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो ।

२९ माघ, काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनर्निर्माणपश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय बढाइएको हो । १४ माघसम्म ३:१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो ।

अहिले समय थप गरी ४:१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत एक करोड ५२ लाख राजस्व संकलन भएको छ । ९ मंसिरदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट २४ माघसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको निर्देशक अर्यालले बताए । प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको सङ्ख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उनले जानकारी दिए ।

पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति एक हजार शुल्क लिने गरिएको अर्यालले बताए । उनका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । गत ६ मंसिरको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।

उक्त स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० र दुईपाङ्गे्र सवारीका लागि १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ भने व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको निर्देशक अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन
अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ
पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ
नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल
नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल
गृहमन्त्रीको घोषणा : सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं
गृहमन्त्रीको घोषणा : सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले यस वर्ष पनि जित्यो स्वर्ण पदक
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले यस वर्ष पनि जित्यो स्वर्ण पदक
एसीसी यु-१६ इस्ट जोन कप: नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य
एसीसी यु-१६ इस्ट जोन कप: नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य
आईपीएल : आज राजस्थान र कोलकाता भिड्दै
आईपीएल : आज राजस्थान र कोलकाता भिड्दै