बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक १४, २०८२
|
|
५१ पटक हेरिएको
Shares
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

सारांश

  • बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।
  • राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् ।
  • अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध छ ।

१४ कात्तिक, काभ्रेपलाञ्चोक ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् ।

अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध छ । यसैगरी नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुन: माथिबाट पहिरो खसेको छ । पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्ला भित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने बताए । उनले सुरक्षित यात्राका लागि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्न यूएई तयार
बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्न यूएई तयार
अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै
अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृ*त्यु
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृ*त्यु
मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के
मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के
कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो
कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो
सार्वजनिक लेखा समितिको बैठक स्थगित
सार्वजनिक लेखा समितिको बैठक स्थगित
युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा
युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा
ठमेलमा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ
ठमेलमा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौती फिर्ता
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौती फिर्ता