मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
५४ पटक हेरिएको
Shares
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक अत्यन्तै विषम परिस्थितिमा रहेको बताएका छन् ।
  • नेकपा एमालेको ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अहिले नेपालको निर्णायकत्व संकटमा परेको र देश गम्भीर रूपमा भू–राजनीतिक चक्रव्यूहमा फसेको उल्लेख गरे ।
  • उनले भने, ‘अहिले मुलुक अत्यन्तै विषम परस्थितीमा छ भन्ने कुरा हामी कसैले नर्कान सक्दैनौं ।

२७ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक अत्यन्तै विषम परिस्थितिमा रहेको बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अहिले नेपालको निर्णायकत्व संकटमा परेको र देश गम्भीर रूपमा भू–राजनीतिक चक्रव्यूहमा फसेको उल्लेख गरे । उनले भने, ‘अहिले मुलुक अत्यन्तै विषम परस्थितीमा छ भन्ने कुरा हामी कसैले नर्कान सक्दैनौं । अहिले नेपालको निर्णायकत्व संकटमा परेको छ ।

नेपाल गम्भीर रुपमा भूराजनीतिक चक्रभ्यूमा फसेको छ । यस्तो बेला आ–आफ्ना राजनीतिक मान्यता र दर्शनहरुले काम गर्नुपर्छ । संविधान त मरिसकेको छ, त्यसकारण संविधानलाई जबरजस्त ब्यूँताएर देशलाई थप दुर्घटनामा लैजाने भन्दापनि अब देशमा एउटा नयाँ समझदारी कायम गर्नुपर्छ ।’ उनले वर्तमान संविधान प्रभावहीन भइसकेको दाबी गर्दै त्यसलाई जबरजस्ती जोगाउने प्रयासले देशलाई थप दुर्घटनातर्फ लैजाने चेतावनी दिए । यसका सट्टा देशमा नयाँ राजनीतिक समझदारी आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष लिङ्देनले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा देशले अपूरणीय क्षति व्यहोरेको उल्लेख गर्दै अब सबैले देशलाई केन्द्रमा राखेर देशकै हितमा निर्णय गर्नुपर्नेमा जोड दिए । उनले भावी परिवर्तनका क्रममा तीनवटा आधारभूत उपलब्धिहरू जोगाउनुपर्ने बताए ।

तीमध्ये २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था तथा २०६२÷६३ को आन्दोलनबाट स्थापित समावेशी र समानुपातिक प्रणालीलाई संरक्षण गर्दै नयाँ राष्ट्रिय समझदारी कायम गर्नुपर्ने उनको धारणा थियो । उनले भने, ‘गत भदौ २३, २४ गतेको जेनजी आन्दोलनमा देशले अपूर्ण क्षति व्यहोर्यो । हामीले देशलाई केन्द्रमा राखेर देशले जित्ने एउटा निर्णय गर्नुपर्छ । त्यस्तो निर्णय गर्दा तीनवटा कुराहरुलाई आधार मान्नुपर्छ । नेपालको ठूलाठूला राजनीतिक परिवर्तनहरु ०७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था, ०६२,६३ को समावेशी र समानुपातिक प्रणालीलाई जोगाएर अब देशमा नयाँ समझदारी कायम गर्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५७ सय मिटरमा भेटियो आरोही पुर्जाको शव
५७ सय मिटरमा भेटियो आरोही पुर्जाको शव
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
यूवा जनमत संघ बाराको संयोजकमा गुप्ता चयन
यूवा जनमत संघ बाराको संयोजकमा गुप्ता चयन
चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा
चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै
चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ
चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार
बागमतीमा हानेपाका बज्रचार्य बने भौतिक पूर्वाधार मन्त्री
बागमतीमा हानेपाका बज्रचार्य बने भौतिक पूर्वाधार मन्त्री