सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
४० पटक हेरिएको
Shares
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन

सारांश

  • यसले जनतामा निराशा पैदा गरेको उहाँले उल्लेख गर्नुभयो ।
  • सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, “यो नीति तथा कार्यक्रमप्रति जनताको आशा पनि छैन, भरोसा पनि छैन ।
  • ” फरक मत राख्ने पार्टीको मतलाई पनि सम्मान गर्नुपर्ने अध्यक्ष लिङ्देनको भनाइ थियो ।

२६ वैशाख : काठमाडौँ,  

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सरकारले औपचारिकताका लागि मात्रै ल्याएको जस्तो देखिएको बताउनुभएको छ । यसले जनतामा निराशा पैदा गरेको उहाँले उल्लेख गर्नुभयो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, “यो नीति तथा कार्यक्रमप्रति जनताको आशा पनि छैन, भरोसा पनि छैन ।”

फरक मत राख्ने पार्टीको मतलाई पनि सम्मान गर्नुपर्ने अध्यक्ष लिङ्देनको भनाइ थियो । बूढीगण्डकी जस्तो राष्ट्रिय गौरवको आयोजना नीति तथा कार्यक्रमको प्राथमिकतामा नपरेकामा उहाँले आपत्ती व्यक्त गर्नुभयो । नीति तथा कार्यक्रममा युवालाई रोजगारी सिर्जना गर्ने कुनै पनि कार्यक्रम समावेश नगरिएको उहाँले टिप्पणी गर्नुभयो । सांसद राजेन्द्रप्रसाद पाण्डेले आर्थिक मन्दी, युवा पलायन र रेमिट्यान्सको भरमा देशको अर्थतन्त्र निर्भर रहनुपर्ने अवस्था भएको बताउनुभयो । “विभिन्न जातजातिबीच द्वन्द्व छ, यतिबेला संस्थाका असक्षमता र कुशासनलाई सच्याउने ठोस योजना लिएर नीति तथा कार्यक्रम आउन सकेन, आम जनताको जीविकोपार्जनमा देखिएका समस्या समाधान गर्नेगरी यो नीति तथा कार्यक्रम आउन सकेन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
शिक्षक महासंघले चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन थाल्ने
शिक्षक महासंघले चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन थाल्ने
काठमाडौंमा बसभित्र पाकेटमारी, समातिए १० युवा
काठमाडौंमा बसभित्र पाकेटमारी, समातिए १० युवा
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग