आज चार संसदीय समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ३, २०८१
|
|
३७ पटक हेरिएको
Shares
आज चार संसदीय समितिको बैठक बस्दै

सारांश

  •   प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
  • बैठक बिहान ११ बजे बस्ने छ।
  • विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

३ माघ, काठमाडौं :संघीय संसद् अन्तर्गत बिहीबार चार समितिको बैठक बस्दै छ।  प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे बस्ने छ। विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

बैठक बिहान साढे ११ बजे शुरु हुनेछ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान साढे ११ बजे नै बस्नेछ। यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे शुरु हुने सचिवालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली
जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव
संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव
नेपालगञ्‍ज पुगे प्रचण्ड, अनेमसंघको सम्मेलनमा भाग लिन बर्दिया जाँदै
नेपालगञ्‍ज पुगे प्रचण्ड, अनेमसंघको सम्मेलनमा भाग लिन बर्दिया जाँदै
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
सिरहामा ७१ लाख नगद र लागुऔषधसहि ५ जना पक्राउ
सिरहामा ७१ लाख नगद र लागुऔषधसहि ५ जना पक्राउ
हेटौँडामा गाँजासहित दुई युवक पक्राउ
हेटौँडामा गाँजासहित दुई युवक पक्राउ
विस्थापित सुकुम्वासी परिवार आन्दोलनमा, होल्डिङ सेन्टर ‘कारागार’ जस्तै भएको गुनासो
विस्थापित सुकुम्वासी परिवार आन्दोलनमा, होल्डिङ सेन्टर ‘कारागार’ जस्तै भएको गुनासो