साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
३५ पटक हेरिएको
Shares
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव

सारांश

  •   खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबीच आज साइकल यात्राको महत्व झनै बढ्दै गएको बताएका छन्।
  • आज काठमाडौंमा मारवाडी समिति नेपाल अन्तरगतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल दिवस तथा विश्व वातावरण दिवशको अवसर पारेर ‘वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजना गरिएको साइकल यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले साइकल यात्राले स्वास्थ्य र सफाइको सन्देश दिने बताए।
  • उनले भने, ‘साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ।

२४ जेठ, काठमाडौं । 

खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबीच आज साइकल यात्राको महत्व झनै बढ्दै गएको बताएका छन्। आज काठमाडौंमा मारवाडी समिति नेपाल अन्तरगतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल दिवस तथा विश्व वातावरण दिवशको अवसर पारेर ‘वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजना गरिएको साइकल यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले साइकल यात्राले स्वास्थ्य र सफाइको सन्देश दिने बताए।

उनले भने, ‘साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ। हामी सबैले व्यक्तिगत तथा सामूहिक दुवै तहमा हरित भविष्यको कल्पना गर्नुपर्छ।’मन्त्री यादवले सरकारले वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्न आवश्यक नीति तथा पूर्वाधारमा लगानी गर्ने बताउँदै विद्यालय, कार्यालय, तथा स्थानीय तहहरूमा समेत साइकल प्रयोगलाई प्रोत्साहन गर्नु पर्ने समेत आग्रह गरे। उनले भने, ‘स्वस्थ जीवन, हरित वातावरण र साकार सकारात्मक सोच प्रवर्द्धन गर्ने यस्तो प्रेरणादायी कार्यक्रम सबै ठाउँमा गर्न आवश्यक छ। साइकल प्रयोगलाई प्रोत्साहन गर्न हामी सबै लाग्नु पर्छ।’

वातावरण जोगाउन र प्रदूषण मुक्त समाज बनाउन मारवाडी सेवा समाजले अगुवाइ गरी उल्लेख्य भूमिका निर्वाह गरेको बताउँदै मन्त्री यादवले वातावरण सफा कसरी गर्ने, हाम्रो वातावरण कसरी स्वच्छ राख्ने सो विषयमा लाग्नु पर्ने उनको भनाइ थियो। उनले भने, ‘जलवायु परिर्वतनका कारण सेता हिमाल काला हुन थालेका छन्। हिमाल बचाउन जरुरी छ। जलवायु परिर्वतन हाम्रा लागि निकै चुनौतीको विषय बनेको छ। यो चुनौतीको समाधान गर्न आवश्यक छ।’ साइकल यात्राले शारीरिक तन्दुरुस्तीसहित वातावरणीय चेतनाको प्रवाह पनि गर्ने भएकाले आजको युगमा यो अत्यन्त सान्दर्भिक रहेको मन्त्री यादवले बताए।

कार्यक्रममा विशिष्ट अतिथि एवं मारवाडी सेवा समितीका अध्यक्ष प्रमोदकुमार चौधरीले साइकल प्रयोग गर्नाले व्यक्तिगत तन्दुरुस्ती बढ्नुका साथै यसले शहरको ध्वनि र वायु प्रदूषण पनि घटाउने बताए। कार्यक्रममा पशुपती गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडिया, मारवाडी महिला मञ्चकी अध्यक्ष श्रीमती रेखा खेतान, कार्यक्रम संयोजक अरुण गोयल, मारवाडी सेवा समितिका पदाधिकारीहरू, मारवाडी युवा मञ्चका पदाधिकारीहरू तथा कार्यसमिती सदस्यहरूको सहभागिता रहेको थियो। आजको उक्त कार्यक्रममा दजर्नौ साइकल यात्रीहरूको सहभागिता रहेको थियो। काठमाडौंको बिवाईडी पार्किङ नक्सालबाट सुरु भएको उक्त यात्रा यहाँका विभिन्न क्षेत्र हुँदै ललितपुरको पाटन दरवार क्षेत्रमा गएर समापन गरिएको कार्यक्रम संयोजक अरुण गोयलले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’
काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’
उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिमाण सार्वजनिक
उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिमाण सार्वजनिक
मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त
मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त
म्याद थपका लागि विष्णु पौडेललाई विशेष अदालत लगियो
म्याद थपका लागि विष्णु पौडेललाई विशेष अदालत लगियो
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
मधेश भवन अगाडि आज पनि सांसदहरु धर्नामा
मधेश भवन अगाडि आज पनि सांसदहरु धर्नामा
आज राष्ट्रिय भाक्का दिवस मनाइँदै
आज राष्ट्रिय भाक्का दिवस मनाइँदै
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा