Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तीन करोडको लागतमा बन्यो लेगुवा खोला पक्की पुल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
३८ पटक हेरिएको
Shares
तीन करोडको लागतमा बन्यो लेगुवा खोला पक्की पुल

सारांश

  •   पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।
  • यहाँ रु तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।
  • लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए ।

 

१८ चैत , भोजपुर । 

पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । यहाँ रु तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो । लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए ।

लेगुवा खोलामा कोशी प्रदेश सरकारको रु तीन करोड २१ लाख लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । “लेगुवा खोला पक्की पुल निर्माण सम्पन्न गरेका छौँ”, प्रमुख रेड्डीले भन्नुभयो, “यहाँका स्थानीयको समस्यालाई ध्यानमा राखेर पुल निर्माण कार्यलाई प्राथमिकताका साथमा अघि बढाएका थियौँ, पुल सञ्चालनमा आएपछि स्थानीयलाई आवतजावतमा सहजता बनेको छ ।

पुल निर्माणले स्थानीयको जनजीवनमा सहजता थपिएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले बताउनुभयो । वडा नं २ र ३ लाई जोड्ने लेगुवा खोलामा पुल बनेपछि नगरपालिका केन्द्रसम्म पुग्ने दूरी छोटिएको प्रमुख रायाको भनाइ छ । “लामो समयको प्रतीक्षापछि लेगुवा खोला पक्की पुल सञ्चालनमा आएको छ,” प्रमुख रायाले भन्नुभयो, “यहाँ पुल नहुँदा नागरिकलाई नगरपालिकासम्म आउन नै समस्या थियो, उत्पादित कृषि उपजको बजारीकरणका लागि सहज भएको छ ।” पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत सुरुआत गरिएको छ । धेरै समस्याका बीच पुल तोकिएको मापदण्डअनुसार निर्माण सम्पन्न गरेको निर्माण कम्पनी मार्सेली, युडी जेभीका प्रतिनिधि उत्तम खड्काले बताउनुभयो ।

 

खोलामा पक्की पुल नहुँदा सङ्खुवासभा जिल्ला घुम्नुपर्ने बाध्यता रहेकामा अहिले सहजता भएको स्थानीय पुष्प कार्कीले बताउनुभयो । पुल बनेपछि जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ । “बर्सातको समयमा यो खोला तर्न सक्ने अवस्था थिएन,” उहाँले भन्नुभयो, “खोलामा बाढी आउँदा सङ्खुवासभा जिल्लाको सडक भएर नगरपालिका केन्द्र जानुपर्ने अवस्था थियो, पुल बनेपछि हाम्रो दैनिकी सहज बनेको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव, ११ जना घाइते
वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव, ११ जना घाइते
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ
दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ
आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
बिदाको दिन पनि ओपिडी सेवा खोल्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन
बिदाको दिन पनि ओपिडी सेवा खोल्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन
सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता
सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
आइपिएलमा आज पञ्जाव र कोलकोता भिड्दै
आइपिएलमा आज पञ्जाव र कोलकोता भिड्दै