वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव, ११ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २७, २०८०
|
|
३३ पटक हेरिएको
Shares
वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव, ११ जना घाइते

सारांश

  • पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको छ ।
  • आज बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता कायम राखिएको छ ।
  • मंगलबार साँझ वीरगञ्ज महानगरपालिका-४ विर्तामा रहेको  बाल सुधार गृहमा दुई समूहबीच झगडा भएपछि स्थिति तनावपूर्ण बनेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

२७ भदौ, पर्सा। पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको छ ।

आज बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता कायम राखिएको छ । मंगलबार साँझ वीरगञ्ज महानगरपालिका-४ विर्तामा रहेको  बाल सुधार गृहमा दुई समूहबीच झगडा भएपछि स्थिति तनावपूर्ण बनेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

उनका अनुसार भक्तपुर सुधार गृहबाट वीरगञ्ज पठाइएको समूह र त्यहीँ रहेको समूहबीच मंगलबार साँझ झगडा भएको थियो। दुई समूहको झगडाले सुधारगृह भित्र स्थिति तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको थियो। ‘तर, उनीहरू प्रहरीमाथी नै ढुंगामुढामा उत्रिए,’ डिएसपी थापाले भने। स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुधार गृहका ११ जना र तीन प्रहरी घाइते भएको डिएसपी थापाले जानकारी दिए। वीरगञ्जस्थित नारायणी अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह
बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह
सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन
सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव
मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित
मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि
गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए
गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ
बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू
बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू