यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
६९ पटक हेरिएको
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)

सारांश

  • बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले मुख्य मुख्य निर्णयहरू बैठकलगत्तै सार्वजनिक गरेका हुन् ।
  • उनका अनुसार विभिन्न ९ विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृत दिने लगायतका निर्णय भएको छ ।

 

१३ साउन, काठमाडौं ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले मुख्य मुख्य निर्णयहरू बैठकलगत्तै सार्वजनिक गरेका हुन् । उनका अनुसार विभिन्न ९ विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृत दिने लगायतका निर्णय भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–

–देहाय बमोजिमका विधेयकहरूलाई संघीय संसद्‌मा पेश गर्नका लागि स्वीकृति दिने

–संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक ।

–खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।

–संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

–राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।

–मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक ।

–बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक ।

–आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

–मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।

–कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।  

–सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने ।

–समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऐडराज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने ।

–प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?