न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
२७ पटक हेरिएको
Shares
न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै

सारांश

  • न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ ।
  • जारी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्यूजील्याण्डका कप्तान मिचेल सान्टनरले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् ।
  • योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ ।

 

२१ फागुन, काठमाडौं । न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । जारी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्यूजील्याण्डका कप्तान मिचेल सान्टनरले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ । दक्षिण अफ्रिका समुह बी को विजेता हुदै सेमिफाइनलमा पुगेको हो भने न्यूजील्याण्ड समुह ए को उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित रहेको छ भने न्युजील्याण्डले समुह चरणमा एक खेलमा हार बेहोरेको थियो । दुवै देशबीच हेड टू हेडको कुरा गर्दा दक्षिण अफ्रिका र न्यूजील्याण्डबीच अहिलेसम्म ७३ खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ४२ खेल जितेको छ भने न्यूजील्याण्डले २६ खेलमा जित हासिल गरेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन । यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा भारले अस्ट्रेलियालाई पराजित गर्दै फाइनलमा पुगेको छ । आजको खेलको विजेताले मार्च ९ मा हुने च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतसँग खेल्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?