सेना- प्रहरीको संयुक्त हुलदंगा र आगलागी नियन्त्रण अभ्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
८२ पटक हेरिएको
Shares
सेना- प्रहरीको संयुक्त हुलदंगा र आगलागी नियन्त्रण अभ्यास

सारांश

  • नेपाली सेना, सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय सर्लाहीले संयुक्त रूपमा हुल–दंगा तथा आगलागी नियन्त्रण सम्बन्धी नमुना अभ्यास गरेका छन्।
  • आन्दोलनको क्रममा हुने धनजनको क्षति रोक्न जिल्लाका सुरक्षा निकायद्वारा यस्तो अभ्यास गरिएको हो।
  • आज शुक्रबार कविलासीस्थित सशस्त्र प्रहरी बलको प्राङ्गणमा गरिएको अभ्यासमा आन्दोलनको क्रममा अपनाइने कार्यविधि प्रदर्शन गरिएको थियो।

१२ मंसिर, सर्लाही।

नेपाली सेना, सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय सर्लाहीले संयुक्त रूपमा हुल–दंगा तथा आगलागी नियन्त्रण सम्बन्धी नमुना अभ्यास गरेका छन्। आन्दोलनको क्रममा हुने धनजनको क्षति रोक्न जिल्लाका सुरक्षा निकायद्वारा यस्तो अभ्यास गरिएको हो। आज शुक्रबार कविलासीस्थित सशस्त्र प्रहरी बलको प्राङ्गणमा गरिएको अभ्यासमा आन्दोलनको क्रममा अपनाइने कार्यविधि प्रदर्शन गरिएको थियो।

अभ्यासमा सुरक्षाकर्मीहरूले हुल व्यवस्थापन, दंगा नियन्त्रणका उपाय, आगलागी रोकथाम र उद्धारका विधिहरू देखाएका थिए। कार्यक्रममा कविलासी नगरपालिकाका नगरप्रमुख ब्रम्देव राय प्रमुख अतिथि रहेका थिए भने उप–प्रमुख पुनम कर्ण, निमित्त प्रमुख जिल्ला अधिकारी शिवहरी पोखरेल, नेपाली सेना कालिध्वज गण पाँचकुमारी नवलपुरका सेनानी उमेश खड्का, जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी नं. १० गणका उपरीक्षक देवबहादुर चन्दसहित स्थानीय, समाजसेवी र पत्रकारहरूको उपस्थित रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी पोखरेल र उप–प्रमुख कर्णले सुरक्षानिकायबीचको संयुक्त अभ्यासले आकस्मिक परिस्थितिमा फिल्डमा अझ प्रभावकारी ढंगले काम गर्न मद्दत गर्ने धारणा राखे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल
तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल
पर्सामा कार दुर्घटनामा परी एकको मृ*त्यु, तीन घाइते
पर्सामा कार दुर्घटनामा परी एकको मृ*त्यु, तीन घाइते
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने युवक पक्राउ
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने युवक पक्राउ
रविको हिरासतको फोटो सार्वजनिक गरेको अभियोग, ५० हजार धरौटीमा रिहा भए डा निकोलस
रविको हिरासतको फोटो सार्वजनिक गरेको अभियोग, ५० हजार धरौटीमा रिहा भए डा निकोलस
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल
रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च