दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित

सारांश

  • ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत चौथो दिन हिजो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित उक्त अभियान सञ्चालन भइरहेको छ।
  • माघ २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

 

काठमाडौं ।

‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत चौथो दिन हिजो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित उक्त अभियान सञ्चालन भइरहेको छ। माघ २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ। यस अवधिभर ट्राफिक नियम, सुरक्षित यात्रा र सडक अनुशासनसम्बन्धी व्यापक जनचेतना फैलाउने कार्यक्रमहरू गरिने छन्।

चौथो दिनको अभियानअन्तर्गत ६ हजार ५ सय २१ जना यात्रु तथा पैदलयात्रीलाई जेब्राक्रसिङ प्रयोग गरी सुरक्षित तरिकाले सडक पार गर्न सिकाइएको छ। त्यस्तै, ६ सय जना सवारी चालकको एकदिने आँखा स्वास्थ्य परीक्षण गरिएको छ। स्कुल तथा कलेजका ९ सय ५१ जना विद्यार्थीलाई ट्राफिक सचेतना प्रदान गरिएको छ भने ३ सय ९३ जना ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ। यसैगरी, २ हजार २ सय १७ जनालाई रात्रीकालीन विशेष सचेतना, २ हजार ३ सय ९७ जना चालक तथा परिचालकसँग ‘२ मिनेट कार्यक्रम’, ५ हजार २ सय ५ जना दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी चालकलाई ट्राफिक सचेतना प्रदान गरिएको छ। लेन नियम उल्लंघन, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक लाइट उल्लंघन तथा तीव्र गतिमा सवारी चलाउने २ सय ३६ जनालाई सचेतनामूलक कक्षामा सहभागी गराइएको छ। ६ सय १५ जनालाई आरक्षण सिट तथा यात्रु–मैत्री व्यवहारसम्बन्धी सचेतना, १ सय जनालाई नागरिक सुनुवाइ कार्यक्रम, १ हजार ४ सय ३० जनालाई प्रभातफेरीमा सहभागी गराइएको छ।

त्यस्तै, ५ सय १६ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, ३ सय ५७ जनालाई कानुनी कारबाहीसम्बन्धी सचेतना, १ हजार १ सय ७० जना सवारी चालक अनुमति पत्रको लिखित परीक्षा दिने परीक्षार्थीलाई सचेतना तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ६५ जना नेपाली सेनाका कर्मचारीलाई प्रशिक्षण दिइएको छ। चौथो दिनको विशेष सचेतना अभियानबाट जम्मा २३ हजार ६ सय २४ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन्। साथै, ५ हजार २ सय ४८ जनालाई पर्चा–पम्प्लेट वितरण गरिएको छ भने ट्राफिक नियम, हेल्मेट, सिटबेल्ट, लेन अनुशासन र सुरक्षित सवारीसँग सम्बन्धित २ हजार ५ सय ९५ वटा स्टिकर टाँस गरिएको छ।  सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रूप लिन सक्ने यथार्थलाई आत्मसाथ गर्दै सुरक्षित सडक संस्कारको विकास र सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
हङकङको आवासीय भवनमा भीषण आगलागी : आगो नियन्त्रणको प्रयास जारी
हङकङको आवासीय भवनमा भीषण आगलागी : आगो नियन्त्रणको प्रयास जारी
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
आज ५ संसदीय समितिका बैठक बस्दै
आज ५ संसदीय समितिका बैठक बस्दै
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह
कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह
ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि
ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि
दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै
कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै
विराटनगरले बनायो एनपीएलकै उच्च स्कोर, पोखरालाई २२१ रनकाे चुनाैती
विराटनगरले बनायो एनपीएलकै उच्च स्कोर, पोखरालाई २२१ रनकाे चुनाैती