यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
१६ पटक हेरिएको
Shares
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ

सारांश

  • यातायात व्यवस्था कार्यालय चन्द्रागिरिमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–६ बस्ने २९ वर्षीय विकास तामाङ, मकवानपुरका २५ वर्षीय सुशील अधिकारी, सर्लाहीका २४ वर्षीय अनिश ठकुरी, मकवानपुरकै १९ वर्षीय छिरिङ लो, धादिङका २७ वर्षीय मनोज तामाङ र गोरखाका २४ वर्षीय राजीव खत्री छन् ।
  • उनीहरूले चन्द्रागिरी गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै अनावश्यक हैरानी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

११ असार, काठमाडौं ।

यातायात व्यवस्था कार्यालय चन्द्रागिरिमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–६ बस्ने २९ वर्षीय विकास तामाङ, मकवानपुरका २५ वर्षीय सुशील अधिकारी, सर्लाहीका २४ वर्षीय अनिश ठकुरी, मकवानपुरकै १९ वर्षीय छिरिङ लो, धादिङका २७ वर्षीय मनोज तामाङ र गोरखाका २४ वर्षीय राजीव खत्री छन् ।

उनीहरूले चन्द्रागिरी गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै अनावश्यक हैरानी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । पक्राउ परेकाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट अभद्र व्यवहारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?