पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १५, २०८१
|
|
२१ पटक हेरिएको
Shares
पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते

सारांश

  • पाकिस्तानको सुरु भएको साम्प्रदायिक हिंसामा अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ ।
  • कुर्रम जिल्लाका जनजातिहरूबीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसामा परिणत हुँदा मानवीय क्षति भएको हो ।
  • ३० एकड जग्गाको स्वामित्वको विषयमा भएको विवादले उग्ररुप लिदा अन्य डेढ सय बढी मानिस घाइते भएको काश्मिर अब्जरर्भर समाचार पोर्टलले जनाएको छ ।

 

१५ साउन,काठमाडौं । पाकिस्तानको सुरु भएको साम्प्रदायिक हिंसामा अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ ।

कुर्रम जिल्लाका जनजातिहरूबीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसामा परिणत हुँदा मानवीय क्षति भएको हो । ३० एकड जग्गाको स्वामित्वको विषयमा भएको विवादले उग्ररुप लिदा अन्य डेढ सय बढी मानिस घाइते भएको काश्मिर अब्जरर्भर समाचार पोर्टलले जनाएको छ ।

बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीच मतभेद चुलिएको हो । ६ दिन अघि शुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ । विवादमा वार्ता जारी रहदा एकजनाले गोली चलाएपछि हिंसा मच्चिएको हो । सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिबीच गएको बुधवारदेखि त्यहा लडाई जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?