प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २५, २०८१
|
|
५० पटक हेरिएको
Shares
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले ८ वर्षमा मात्र करिब एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको जनाएको छ ।
  • शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत ८ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको समेत जानकारी दिए ।
  • उनले प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको पनि जानकारी दिए ।

२५ साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ८ वर्षमा मात्र करिब एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत ८ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको समेत जानकारी दिए । उनले प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको पनि जानकारी दिए । प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ खर्व ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको बताउँदै उनले जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको जानकारी दिए । देशभरि रहेको जग्गाहरूको यकिन गरी प्राधिकरणको करिब ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको पनि घिसिङले जानकारी दिए । गत वर्ष मात्र काठमाडाँै उपत्यका भित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको घिसिङले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
भारतको झारखण्डमा एयर एम्बुलेन्स दु*र्घटना हुँदा ७ जनाको मृ*त्यु
भारतको झारखण्डमा एयर एम्बुलेन्स दु*र्घटना हुँदा ७ जनाको मृ*त्यु
गुल्मीमा एक जना पुरुष मृत फेला
गुल्मीमा एक जना पुरुष मृत फेला
रेलेखोला जलविद्युत आयोजना निर्माण
रेलेखोला जलविद्युत आयोजना निर्माण
नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल
नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थपको अनुमति
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थपको अनुमति
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो