भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
२६ पटक हेरिएको
Shares
भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

सारांश

  •   भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ।
  • नगरपालिकाको १८औँ नगरसभाको आजको बैठकमा उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन्।
  • उपप्रमुख जोशीले नगरपालिकाको आन्तरिक स्रोत, सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा बिक्रीसमेत गरी विनियोजित बजेटको चालू खर्चतर्फ एक अर्ब ५२ करोड ५३ लाख ११ हजार अर्थात् ६१ दशमलव ६७ प्रतिशत र पुँजीगत खर्चतर्फ ८० करोड ४८ लाख अर्थात् ३२ दशमलव ५४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १४ करोड ३० लाख अर्थात् ५ दशमलव ७८ प्रतिशत गरेको छ।

८ असार, काठमाडौं । 

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ।नगरपालिकाको १८औँ नगरसभाको आजको बैठकमा उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन्। उपप्रमुख जोशीले नगरपालिकाको आन्तरिक स्रोत, सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा बिक्रीसमेत गरी विनियोजित बजेटको चालू खर्चतर्फ एक अर्ब ५२ करोड ५३ लाख ११ हजार अर्थात् ६१ दशमलव ६७

प्रतिशत र पुँजीगत खर्चतर्फ ८० करोड ४८ लाख अर्थात् ३२ दशमलव ५४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १४ करोड ३० लाख अर्थात् ५ दशमलव ७८ प्रतिशत गरेको छ। उपप्रमुख जोशीले नगरवासी जनताको भावनाबमोजिम विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि ५४ करोड ४ लाख ६३ हजार अर्थात् कुल बजेटको २१ दशमलव ८५ प्रतिशत बजेट विनियोजन गरेको बताइन्। ख्वप अस्पताललाई आधुनिक सुविधा सम्पन्न बनाउन र अस्पतालको स्तरीकरणका लागि पाँच करोड बजेटको व्यवस्था गरेको छ। खँचापुखु स्वास्थ्य चौकी निर्माणका लागि आगामी आवमा सम्पन्न गर्नेगरी ७५ लाख बजेट विनियोजन गरेको छ। स्वास्थ्य क्षेत्रका लागि भक्तपुर नपाले आगामी आवमा १० करोड ३७ लाख ५० हजार विनियोजन गरेको छ।भक्तपुरमा रहेको मूर्त र अमूर्त सम्पदाको संरक्षणलाई निरन्तरता दिँदै ऐतिहासिक र धार्मिक महत्व बोकेका विभिन्न स्थानका घाट सुधारका लागि गुरुयोजना बनाई अगाडि बढाउन ३७ लाख ५० हजार विनियोजन गरेको छ भने थन्थु दरबार पुनःनिर्माणका लागि तीन करोड र लायकु पाहाँ छेँका लागि ८५ लाख र भनपा–४ स्थित इखालाछी मठ पुनःनिर्माणलाई एक करोड ६० लाख बजेट विनियोजन गरेको छ।


यस्तै, इन्द्रायणी द्योछेँ पुनःनिर्माण कार्य आगामी आवसम्ममा सम्पन्न गर्नेगरी ३० लाख बजेट विनियोजन गरेको छ। सिद्धपोखरी पेटी पुनःनिर्माणका लागि एक करोड, दही विनायक द्योछेँ पुनःनिर्माणका लागि ५० लाख र इशानेश्वर मन्दिर निर्माणका लागि ३० लाख, रात्रिकालीन बत्ती व्यवस्थाका लागि एक करोड बजेट विनियोजन गरेको छ। सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणमा आगामी आवका लागि १२ करोड ६८ लाख ५० हजार विनियोजन गरेको छ। कृषि क्षेत्रअन्तर्गत नगरको उपयुक्त स्थानमा आधुनिक पशु बधशाला निर्माणका लागि २५ लाख, शीतभण्डार गृह निर्माण सञ्चालनका लागि एक करोड र तरकारी बजार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन ३० लाख बजेट विनियोजन गरेको छ।  नगरभरका नागरिकलाई पानी घरघरमा पुर्‍याइ खानेपानीको समस्या समाधान गर्न ५० लाख बजेट विनियोजन गरेको छ भने वातावरण तथा सरसफाइका लागि २० करोड २२ लाख (८ दशमलव १८ प्रतिशत), पर्यटन प्रवर्द्धनमा चार करोड ९० लाख विनियोजन गरेको छ।


अरनिको सभा भवन निर्माण निरन्तरताका लागि १४ करोड ९० लाख, देको मिवा इतापाके जग्गा एकीकरणका लागि चार करोड, भार्वाचोमा बहुउद्देशीय भवन निर्माणका लागि एक करोड २५ लाख, पार्किङस्थलको व्यवस्थातर्फ ६० लाख बजेट विनियोजन गरेको छ।
खेलकुदअन्तर्गत खेलकुदको नियमित प्रशिक्षणका लागि एक करोड, पौडी प्रशिक्षण केन्द्रका लागि ५० लाख, सहिद स्मृति खेलमैदान निर्माणका लागि एक करोड, माहेश्वरी खेल मैदानलाई दुई करोड बजेट विनियोजन गरेको छ। सीपमूलक तालिमका लागि २५ लाख बजेट विनियोजन गरेको छ भने क्यान्सर, मुटुरोग, मस्तिष्काघाट, स्पाइनल कर्ड इञ्जुरीजस्ता दीर्घरोग लागेका बिरामीलाई नगरपालिकाबाट दिँदै आएको १५ हजार आर्थिक सहयोगलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरेको छ। विविध योजना तथा कार्यक्रमतर्फ नौ करोड १४ लाख विनियोजन गरेको छ।  चालू आवमा ७५ प्रतिशत मात्र बजेट खर्च हुने यसैगरी,चालू आर्थिक वर्ष भक्तपुर नगरपालिकाको कूल बजेटमध्ये ७५ दशमलव ५७ प्रतिशत मात्र खर्च हुने भएको छ। नगरसभाको १८औँ बैठकमा आज आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दै उपप्रमुख रजनी जोशीले सो जानकारी दिएका हुन्।

भक्तपुर नगरपालिकाको चालू खर्चतर्फ एक अर्ब ५७ करोड तीन लाख १० हजार विनियोजन गरिएकामा २०८२ जेठ मसान्तसम्मको कूल चालू खर्च एक अर्ब छ करोड नौ लाख ४९ हजार रूपैयाँ अर्थात् ६७ दशमलव ५६ प्रतिशत भएकोे छ। असार मसान्तसम्ममा चालू खर्च बढेर एक अर्ब ३० करोड ८२ लाख ९२ हजार खर्च हुने संशोधित अनुमान गरिएको उपप्रमुख जोशीले बताइन्। पुँजीगत खर्चतर्फ चालू आ व २०८१/८२ मा ९९ करोड ४० लाख विनियोजन गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा ४४ करोड ६४ लाख ४४ हजार अर्थात् ४४ दशमलव ९१ प्रतिशत यथार्थ खर्च भएको उपप्रमुख जोशीले बताउनुभयो। असार मसान्तसम्ममा उक्त खर्च बढेर ५९ करोड ५३ लाख ६० हजार हुने संशोधित अनुमान छ। वित्तीय व्यवस्थातर्फ चालू आव २०८१/८२ मा १० करोड विनियोजन गरिएकामा २०८२ जेठ मसान्तसम्ममा छ करोड २८ लाख ५४ हजार अर्थात् ६२ दशमलव ८५ प्रतिशत खर्च भयो भने असार मसान्तसम्ममा उक्त खर्च बढेर ११ करोड रूपैयाँ हुने संशोधित अनुमान गरिएको छ। चालू, पुँजीगत र वित्तीय व्यवस्थातर्फको खर्च जोड्दा असार मसान्तसम्ममा दुई अर्ब एक करोड ३६ लाख ५२ हजार गरी कूल बजेटको ७५ दशमलव ५७ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको उपप्रमुख जोशीले बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
जनकपुरको होटलमा युवकमाथि धारिलो हतियार प्रहार, एक तलाबाट खसालेर ह*त्या
जनकपुरको होटलमा युवकमाथि धारिलो हतियार प्रहार, एक तलाबाट खसालेर ह*त्या
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
यू-१९ महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित
यू-१९ महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित
गैरीगाउँ हत्या प्रकरण: सरकारी वकिल कार्यालयमा बुझाइयो रायसहितको प्रतिवेदन
गैरीगाउँ हत्या प्रकरण: सरकारी वकिल कार्यालयमा बुझाइयो रायसहितको प्रतिवेदन
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी
सुन्धारामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, एक घाइते
सुन्धारामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, एक घाइते
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
बालेन नआएपछि हर्कले छाडे संसद् बैठक
बालेन नआएपछि हर्कले छाडे संसद् बैठक
आज बिस्का जात्राको दोस्रो दिन :भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै
आज बिस्का जात्राको दोस्रो दिन :भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै