मितेरी सहकारी ठगी: कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
८४ पटक हेरिएको
Shares
मितेरी सहकारी ठगी: कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु

सारांश

  • केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
  • प्रहरी प्रधान कार्यालयबाट खटिइएको प्रहरी टोलीले ४२ वर्षीय भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी बुधबार राति नेपाल ल्याएको थियो।
  • सो सहकारीको एक सय ४४ जना बचतकर्ता र सञ्चालकसमेतको गरी रु १४ करोडबढी रकम ठगी गरेको मुद्दामा फरार तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उनले उक्त रकम लिएर विदेशमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको छ।

५ असार, काठमाडौं ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालयबाट खटिइएको प्रहरी टोलीले ४२ वर्षीय भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी बुधबार राति नेपाल ल्याएको थियो।

सो सहकारीको एक सय ४४ जना बचतकर्ता र सञ्चालकसमेतको गरी रु १४ करोडबढी रकम ठगी गरेको मुद्दामा फरार तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उनले उक्त रकम लिएर विदेशमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको छ। उनलाई पक्राउ गर्न प्रहरीले गत कात्तिक १३ गते ‘रेड नोटिस’ जारी गरेको थियो। मितेरी सहकारीका महाप्रबन्धक गुरुङले अपचलन गरेको करोडौँ रकम थाइल्याण्डमा बसोबास गर्ने भण्डारीले चलाएको र उनले सो रकम फिर्ता गराइदिने भनि सहकारीका पदाधिकारी र भण्डारीबीच सम्पर्क गराएको पाइएको प्रहरीले जनाएको छ।

प्रतिवादी भण्डारीले कास्की र बर्दियाबाट दुई वटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुई वटा राहदानी पनि लिएको पाइएको छ। उनले अन्य व्यक्तिहरुको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरुको विवरण राखी कीर्ते गरेको नागरिकता र राहदानीलाई ठगी गर्न प्रयोग गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने
सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने
अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो
अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित  ४ सेल अश्रु ग्यास प्रहार,
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
विराटनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
विराटनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यू डायमण्डको सामना गर्दै
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यू डायमण्डको सामना गर्दै
एसिसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात
एसिसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात
काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु
काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु