आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
  • साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

२ असार, काठमाडौँ ।

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।    आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई संसदीय समितिको बैठक बस्दै 
दुई संसदीय समितिको बैठक बस्दै 
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
आज राति तराई र पहाडमा तीव्र वेगको हुरी चल्ने सम्भावना, सुन्तला र पहेँलो रङसहित चेतावनी जारी
आज राति तराई र पहाडमा तीव्र वेगको हुरी चल्ने सम्भावना, सुन्तला र पहेँलो रङसहित चेतावनी जारी
रौतहटमा नयाँ मतदाताको संख्या ६ हजार नाघ्यो
रौतहटमा नयाँ मतदाताको संख्या ६ हजार नाघ्यो
स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको छ : मन्त्री लम्साल
कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको छ : मन्त्री लम्साल
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ