ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मध्यरातको समयमा बत्ती गयो भन्दै विदेशबाट फोन गरेर हैरान पारेको गुनासो गरेका छन् ।
  • प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले विदेशमा रहेका केही व्यक्तिहरूले रातको समयमा पटक–पटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेको अनुभव सुनाए ।
  • तर त्यसरी विदेशबाट बत्ती गयो भन्दै आउने फोनमा कुनै तथ्य नपाइएको पनि उनले बताए ।

७ जेठ, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मध्यरातको समयमा बत्ती गयो भन्दै विदेशबाट फोन गरेर हैरान पारेको गुनासो गरेका छन् । प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले विदेशमा रहेका केही व्यक्तिहरूले रातको समयमा पटक–पटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेको अनुभव सुनाए । तर त्यसरी विदेशबाट बत्ती गयो भन्दै आउने फोनमा कुनै तथ्य नपाइएको पनि उनले बताए ।

उनका अनुसार देशका सबै ठाउँमा नियमित आपूर्ति भइरहेको छ । ‘बत्ती जानु भनेको लोडसेडिङ नभएर मर्मतसम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिनेजस्ता प्राविधिक कारणबाट भएको हो ।’ ‘विदेशबाट राति १२ बजे पनि फोन आउँछ, बारम्बार एउटै नम्बरबाट । बत्ती गयो भन्ने गुनासो गर्छन्’, उनले भने, ‘तर हामीले जब त्यस स्थानमा जाँच गर्छौं, बत्ती नियमित रहेको पाउँछौँ । यसरी नियोजित ढंगले भ्रम फैलाउने काम भइरहेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करेन्टलागेर गौरमा एक बालकको मृत्यु दिपेशपौडेल : रौतहट
करेन्टलागेर गौरमा एक बालकको मृत्यु दिपेशपौडेल : रौतहट
नेपालकै उच्च वायु प्रदूषित शहर बन्यो धनगढी
नेपालकै उच्च वायु प्रदूषित शहर बन्यो धनगढी
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे, दुर्गा प्रसाईं अझै फरार
तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे, दुर्गा प्रसाईं अझै फरार
रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त
रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त
शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने
शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
माओवादी केन्द्रसहित नौवटा वाम पार्टीको एकता घोषणा आज
माओवादी केन्द्रसहित नौवटा वाम पार्टीको एकता घोषणा आज