पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
३५ पटक हेरिएको
Shares
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार

सारांश

  • इस्लामाबादमा बेल्जियमकी महिलालाई लगातार पाँच दिनसम्म बलात्कार गरेको आरोप छ ।
  • अगस्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवसमा एक महिला सडकमा घाइते अवस्थामा भेटिएकी थिइन् ।
  •   पाकिस्तानी मिडिया रिपोर्टका अनुसार महिलालाई बलात्कार गरेपछि इस्लामावादको जी–६ सेक्टरमा फ्याँकिएको थियो।

 

३१ साउन, पाकिस्तानमा २८ वर्षीया विदेशी युवतीमाथि सामूहिक बलात्कारको घटना बाहिर आएको छ । इस्लामाबादमा बेल्जियमकी महिलालाई लगातार पाँच दिनसम्म बलात्कार गरेको आरोप छ ।

अगस्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवसमा एक महिला सडकमा घाइते अवस्थामा भेटिएकी थिइन् ।  पाकिस्तानी मिडिया रिपोर्टका अनुसार महिलालाई बलात्कार गरेपछि इस्लामावादको जी–६ सेक्टरमा फ्याँकिएको थियो। स्थानीयले पीडित देखेर प्रहरीलाई उजुरी गरेका थिए ।  घटनास्थलमा प्रहरी टोलीले महिलाको उद्धार गरेको थियो

। उनलाई उपचारका लागि पोलिक्लिनिक अस्पतालमा भर्ना गरिएको थियो । सोधपुछका क्रममा ती महिलाले केही व्यक्तिले आफूलाई बन्धक बनाएर पाँच दिनसम्म बलात्कार गरेको प्रहरीलाई बताइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा महिलाको दाबी पुष्टि भएको छ ।  घटनामा संलग्न एक अभियुक्त पक्राउ परेका छन् । प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।  केही समयअघि पाकिस्तानमा एक हिन्दू महिलालाई इस्लाम धर्म स्वीकार नगरेको भन्दै बलात्कार गरेको समाचार बाहिर आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?