Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
७७ पटक हेरिएको
Shares
भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा

सारांश

  • नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन् ।
  • अदालतले सिंहलाई भ्रष्टचार मुद्धामा दोषी ठहर गरेको थियो ।
  • विशेष अदालतले २०७१ पुस २५ गते मनुसमरा सिँचाइ आयोजना क्षेत्रका रुख कटान गर्दा भ्रष्टाचार ठहर गरेको थियो ।

६ भदौ, सर्लाही।

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन् । अदालतले सिंहलाई भ्रष्टचार मुद्धामा दोषी ठहर गरेको थियो । विशेष अदालतले २०७१ पुस २५ गते मनुसमरा सिँचाइ आयोजना क्षेत्रका रुख कटान गर्दा भ्रष्टाचार ठहर गरेको थियो । अदालतको दोषी ठहर हुँदा समेत पदमा रहिरहेको भन्दै उनको राजीनामा पार्टीभित्रैबाट मागिएको थियो ।  सिंहले सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यालय मार्फत शुक्रबार राजीनामा दिएका हुन् । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सिंहले राजीनामा दिएको जानकारी गराए । ‘पछिलो पटक म माथि लगाइएको मुद्दाको सन्दर्भमा सम्मानित अदालतले निर्णय गरेको अवस्था छ ।

सम्मानित अदालतले गरेको निर्णय मान्ने मेरो कर्तव्य हो, तर उक्त निर्णयले मलाई अन्याय भएको मेरो ठहर छ,’ सिंहले राजीनामा पत्रमा लेखेका छन्,‘म माथि भएको अन्यायको, म व्यक्तिगत रूपमा मेरो कानुनी तथा न्यायिक लडाइ लडिरहनेछु । साथमा मेरो राजनीतिक लडाइ जारी नै रहनेछ ।’ अदालतको निर्णय, नेपालको प्रचलित कानुन र पार्टीको विधान बमोजिम जिल्ला सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था नरहेको उनले उल्लेख गरेका छन् । दुई कार्यकाल सर्लाहीको उपसभापति रहेका सिंह २०७८ साल फाल्गुण २९ गते जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै
नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै
सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी
सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी
सेतो कोटसहित चिकित्सकहरू सडकमा, बिरामीको बिचल्ली
सेतो कोटसहित चिकित्सकहरू सडकमा, बिरामीको बिचल्ली
सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी
सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी
रौतहटमा ओलीलाई १०१ किलोको माला
रौतहटमा ओलीलाई १०१ किलोको माला
अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा हेलिकप्टर दुर्घटना, सवार छ जनाकै मृत्यु
अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा हेलिकप्टर दुर्घटना, सवार छ जनाकै मृत्यु
राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
सर्लाही कांग्रेसका कार्यवाहक सभापति र एक क्षेत्रीय सभापतिले दिए राजीनामा
सर्लाही कांग्रेसका कार्यवाहक सभापति र एक क्षेत्रीय सभापतिले दिए राजीनामा