सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी

सारांश

  • सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी सविना मास्केलाई दिएको छ ।
  • अख्तियारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि रिक्त रहेको पदमा मास्केलाई जिम्मेवारी दिएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।
  • अख्तियारले बिलिङ प्रणालीको भ्रष्टाचार मुद्दामा सबिना मास्केसँग पनि बयान लिएको थियो ।

२१ भदौ, काठमाडौं।

सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी सविना मास्केलाई दिएको छ । अख्तियारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि रिक्त रहेको पदमा मास्केलाई जिम्मेवारी दिएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

अख्तियारले बिलिङ प्रणालीको भ्रष्टाचार मुद्दामा सबिना मास्केसँग पनि बयान लिएको थियो । उनी त्यतिबेला टेलिकमको प्रमुख प्राविधिक अधिकृतको रुपमा काम गरेकी थिइन् । यही मुद्दामा टेलिकमका निमित्त निर्देशक अमूल प्रधान निलम्बनमा परेका छन् । अख्तियारले यही मुद्दामा संगीता पहाडीसहित सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, राजीव कुमार केसी, मुक्तिप्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ तथा विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालि विरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरूद्ध अख्तियार ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो दाबी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काम नगरिदिएको झोँकमा माओवादीका कार्यकर्ताले लेखा अधिकृतमाथि दले कालोमोसो
काम नगरिदिएको झोँकमा माओवादीका कार्यकर्ताले लेखा अधिकृतमाथि दले कालोमोसो
सप्तरीका पत्रकार यादवमाथि छुरा प्रहार
सप्तरीका पत्रकार यादवमाथि छुरा प्रहार
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
वीरगन्जको गोल्डेन ह*त्या प्रकरण: थप १ जना पक्राउ
वीरगन्जको गोल्डेन ह*त्या प्रकरण: थप १ जना पक्राउ
मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत
मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन
माओवादी सांसदले रोष्ट्रमबाटै च्याते गण्डकीको बजेट किताब
माओवादी सांसदले रोष्ट्रमबाटै च्याते गण्डकीको बजेट किताब
सुकुमवासी मोर्चाका कावा अध्यक्ष परिश्रमी पक्राउ
सुकुमवासी मोर्चाका कावा अध्यक्ष परिश्रमी पक्राउ
कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृ*त्यु