प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २७, २०८०
|
|
२० पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

सारांश

  • प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
  • मंगलबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरेपछि १५ मिनेटका लागि भएको थियो।
  •  त्यसपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।

२७ चैत, काठमाडौँ। प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

मंगलबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरेपछि १५ मिनेटका लागि भएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए। उक्त छलफलमा सहमति नजुटेपछि सूचना टाँसेर बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो। मंगलबारको बैठकको शुरूमा नै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आसनबाट उभिएपछि सभामुख घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका थिए।

सचतेक थिङले सूर्यदर्शनलगायत ६ वटा सहकारीबाट एक अर्बभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानूनी रूपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन भनी सरकारसँग प्रश्न गरिन्। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएका थिए। उनले बोल्ने क्रममा कांग्रेस सांसदहरू आसनबाट उभिइरहेपछि सभामुखले आसनमा बस्न र सदन सञ्चालन  गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए।

त्यसपछि सत्ता पक्षका सांसद पनि आसनबाट उभिएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए। कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर
थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर
बिहान सबेरै खाली पेटमा नखानुहोस् यी ४ चिज
बिहान सबेरै खाली पेटमा नखानुहोस् यी ४ चिज
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह- राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौं
प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह- राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौं
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट
दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै