तुम्लिङटार विमानस्थलमा भीआईपी कक्ष बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
१६ पटक हेरिएको
Shares
तुम्लिङटार विमानस्थलमा भीआईपी कक्ष बन्द

सारांश

  • सङ्खुवासभाको तुम्लिङटार विमानस्थलले यात्रुलाई बराबर सुविधा हुने गरी भीआईपी कक्ष बन्द गरेको छ।
  • विमानस्थल प्रशासनका अनुसार जेनजी आन्दोलनपछि सुरक्षासम्बन्धी चुनौती र भीआईपी कक्षको अनावश्यक प्रयोगका कारण उक्त सेवा स्थायी रूपमा बन्द गरिएको हो।
  • विगतमा राजनीतिक दलका नेतासहित विशिष्ट व्यक्तिहरू भीआईपी कक्ष प्रयोग गर्ने र उनीहरूका समर्थकहरू नाराबाजीसहित भिडभाड गर्ने गरेका कारण विमानस्थलमा सुरक्षा चुनौती हुने गरेको थियो।

२७ असोज, सङ्खुवासभा ।

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलले यात्रुलाई बराबर सुविधा हुने गरी भीआईपी कक्ष बन्द गरेको छ। विमानस्थल प्रशासनका अनुसार जेनजी आन्दोलनपछि सुरक्षासम्बन्धी चुनौती र भीआईपी कक्षको अनावश्यक प्रयोगका कारण उक्त सेवा स्थायी रूपमा बन्द गरिएको हो। विगतमा राजनीतिक दलका नेतासहित विशिष्ट व्यक्तिहरू भीआईपी कक्ष प्रयोग गर्ने र उनीहरूका समर्थकहरू नाराबाजीसहित भिडभाड गर्ने गरेका कारण विमानस्थलमा सुरक्षा चुनौती हुने गरेको थियो।

विमानस्थल प्रमुख नवराज दाहालले केन्द्रको निर्देशनअनुसार भीआईपी कक्ष बन्द गरिएको जानकारी दिनुभयो । अब सबै यात्रुले सामान्य यात्रु कक्षबाटै सेवा लिनुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार भीआईपी कक्ष बन्द भएपछि विमानस्थलमा शान्त वातावरण कायम भएको र यात्रुले सहज अनुभव गरेका छन्। हाल तुम्लिङटार विमानस्थलमा बुद्ध एयरको ७२ सिटे विमानले काठमाडौँ–तुम्लिङटार–काठमाडौँ दैनिक उडान सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?