सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमको साथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमको साथ

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता भएको छ ।
  • संचार क्षेत्रमा नेपालको अग्रणी संस्थाका रूपमा रहेको नेपाल टेलिकम र रोयल्सबीच सम्झौता भएको हो ।
  • सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हस्ताक्षार गरेका छन् ।

५ मंसिर काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता भएको छ ।

संचार क्षेत्रमा नेपालको अग्रणी संस्थाका रूपमा रहेको नेपाल टेलिकम र रोयल्सबीच सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हस्ताक्षार गरेका छन् ।

सम्झौतापछि सीईओ खड्काले टेलिकमको साथले क्रिकेट विकासमा रोयल्सले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । खड्काले नेपाल टेलिकम यसअघि पनि नेपाली क्रिकेटलाई सहयोग गर्दै आएको र यसपटक रोयल्सलाई सहयोग गरेकोमा मैदानभित्र उत्कृष्ट प्रदर्शन गरेर टेलिकमलाई गौरव महसुस गराउन तत्पर रहेको बताए ।

प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको स्मरण गर्दै सुदूरपश्चिम रोयल्समार्फत एनपीएलमा जोडिन पाउँदा खुसी लागेको बताइन् । एनपीएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने र एनपीएल नेपाली खेलकुद विकास क्रमकै महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा स्थापित हुने बताउँदै उनले यसमा सुदूरपश्चिम रोयल्सको विशेष भूमिका रहने विश्वास व्यक्त गरिन् ।

सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर र कुमारी जबलाई करिअर पार्टनरका रूपमा भित्र्याएको थियो । एनपीएलको अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ । क्यानको‌ आयोजनामा पहिलो संस्करणको एनपीएल १५ मंसिरदेखि ६ पुससम्म हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षक राष्ट्रिय टिमका पूर्वप्रशिक्षक जगत टमाटा छन् ।

टिम सुदूरपश्चिम: 

दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो
१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो
राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन
राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन
ट्रकको ठक्करबाट गम्भीर घाइते प्रहरी जवानको मृत्यु
ट्रकको ठक्करबाट गम्भीर घाइते प्रहरी जवानको मृत्यु
एनपीएल : कर्णाली दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन
एनपीएल : कर्णाली दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
सुधन, सुनिलदेखि भूपदेवसम्म केन्द्रीय सदस्य मनोनीत
सुधन, सुनिलदेखि भूपदेवसम्म केन्द्रीय सदस्य मनोनीत
चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व
चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व
काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए
काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए
विशेष महाधिवेशनको रस्साकस्सीका बीच कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै
विशेष महाधिवेशनको रस्साकस्सीका बीच कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै