सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २८, २०८३
|
|
२१० पटक हेरिएको
Shares
सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

सारांश

  • सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई आइतबार राति करिब ८:१५ बजे ठक्कर दिएको हो ।
  • दुर्घटनामा साइकल चालक ईश्वरपुर–२ राईटरखोरका किसुन देव साह गम्भीर घाइते भएका थिए ।

२८ वैशाख, सर्लाही ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई आइतबार राति करिब ८:१५ बजे ठक्कर दिएको हो ।

दुर्घटनामा साइकल चालक ईश्वरपुर–२ राईटरखोरका किसुन देव साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा  चिकित्सकले मृत घोषणा गरेका हुन् । त्यसैगरी, मोटरसाइकलको पछाडि सवार १४ वर्षीय बिक्की कुमार राउत सामान्य घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालक सोही स्थानका मनिष साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झिनो अंकले घट्यो नेप्से, ६ अर्बको मात्र कारोबार
झिनो अंकले घट्यो नेप्से, ६ अर्बको मात्र कारोबार
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
मोरङमा बाइक दुर्घटनामा आमाको मृ*त्यु, छोरा प्रहरी नियन्त्रणमा
मोरङमा बाइक दुर्घटनामा आमाको मृ*त्यु, छोरा प्रहरी नियन्त्रणमा
राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक
राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक
दार्चुलाको तपोवन केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
दार्चुलाको तपोवन केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
अमेरिकी रक्षामन्त्रीमाथि दुईजनाको ह*त्या आरोप
अमेरिकी रक्षामन्त्रीमाथि दुईजनाको ह*त्या आरोप
पाँच राजनीतिक दलबिच ७ बुँदे सहमति
पाँच राजनीतिक दलबिच ७ बुँदे सहमति
उच्चस्तरीय जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरूसँग बयान लिँदै
उच्चस्तरीय जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरूसँग बयान लिँदै
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल