सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पाकिस्तानमाथिकाे हवाई आक्रमणमा १०० जना बढी आतंककारी मारिएको भारतको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
४५ पटक हेरिएको
Shares
पाकिस्तानमाथिकाे हवाई आक्रमणमा १०० जना बढी आतंककारी मारिएको भारतको दाबी

सारांश

  • भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरका ९ स्थानमा हवाई आक्रमण गर्दा १०० जनाभन्दा बढी आतंककारी मारिएको दाबी गरेको छ ।
  • भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गर्दा १०० भन्दा बढी आतंककारी मारिएका छन् ।
  • आतंककारीहरु लुकेका ठाउँहरूलाई निशाना बनाइएको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।

 

२४ वैशाख, नयाँदिल्ली ।

भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरका ९ स्थानमा हवाई आक्रमण गर्दा १०० जनाभन्दा बढी आतंककारी मारिएको दाबी गरेको छ । भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गर्दा १०० भन्दा बढी आतंककारी मारिएका छन् ।

आतंककारीहरु लुकेका ठाउँहरूलाई निशाना बनाइएको भारतको रक्षा मन्त्रालयले जनाएको छ । पहलगाम आक्रमणको १५ दिनपछि गएराति भारतते पाकिस्तानमाथि निशाना साँधेर आक्रमण गरेको हो । तर, कुनै पनि पाकिस्तानी सैन्य स्थानलाई केन्द्र नबनाइएको प्रष्ट पारेको छ । तर, यता आक्रमणबाट आठ जनाको मृत्यु भएको पाकिस्तानले दाबी गरेको छ । पाकिस्तानी सैन्य प्रवक्ताले रोयटर्स र एएफपी समाचार संस्थालाई दिएको जानकारी अनुसार भारतले पाकिस्तानमा गरेको आक्रमणमा मृत्यु हुने नागरिकको संख्या ८ पुगेको छ भने ३५ जना घाइते भएका छन् । दुई जना हराइरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?