राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २, २०८१
|
|
२८ पटक हेरिएको
Shares
राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
  • मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।
  • मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।

२ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् । मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । ती पाँचमध्ये यसअघि नै ४ वटा अध्यादेश जारी भइसकेका छन् भने एउटा बाँकी थियो ।

बाँकी रहेको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले बुधबार जारी गरेका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भूमि सम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ । सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जा सहित उपलब्ध गराउने व्यवस्था यो अध्यादेशमा गरिएको स्रोतले बतायो ।भूमि आयोगले गरेको सिफारिसका आधारमा कामलाई तीव्रता दिने हिसाबले व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालय निकट स्रोत बताउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीमा करिब ७० अर्बको बजेट ल्याउने तयारी
बागमतीमा करिब ७० अर्बको बजेट ल्याउने तयारी
राष्ट्रपतिले प्रमाणीकरण गरे बैंकिङ कसुरसम्बन्धी विधेयक
राष्ट्रपतिले प्रमाणीकरण गरे बैंकिङ कसुरसम्बन्धी विधेयक
रास्वपाको बैठक लम्बियो, संसद् बैठक प्रभावित
रास्वपाको बैठक लम्बियो, संसद् बैठक प्रभावित
निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे
निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
प्रधानमन्त्रीले फिर्ता लिए आफैले गरेको चिकित्सा शिक्षा आयोग निर्णय
प्रधानमन्त्रीले फिर्ता लिए आफैले गरेको चिकित्सा शिक्षा आयोग निर्णय
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७५५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७५५ जनालाई कारबाही
हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भने- सुकुमवासीको पक्षमा हामी हुनेछौं
थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भने- सुकुमवासीको पक्षमा हामी हुनेछौं