बर्खास्तीमा परेका सशस्त्र एआईजी दाहालले दिए पुनरावेदन निवेदन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८३
|
|
४४ पटक हेरिएको
Shares
बर्खास्तीमा परेका सशस्त्र एआईजी दाहालले दिए पुनरावेदन निवेदन

सारांश

  • बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले पुनरावेदनको निवेदन दिएका छन् ।
  • स्रोतका अनुसार उनले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बर्खास्तीविरुद्ध पुनरावेदनको निवेदन दिएका हुन्।
  • उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्‌मा रहन्छ ।

 

३ मंसिर, काठमाडौं ।

बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले पुनरावेदनको निवेदन दिएका छन् । स्रोतका अनुसार उनले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बर्खास्तीविरुद्ध पुनरावेदनको निवेदन दिएका हुन्। उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्‌मा रहन्छ । मन्त्रिपरिषद्ले आफ्नो पूरानै निर्णयलाई सदर गरेमा दाहालको अदालत जाने बाटो खुल्छ । अहिले भने सोझै अदालत जान नमिल्ने भएकाले उनले मन्त्रिपरिषद्‌मा पुनरावेदन दिएको स्रोतले बतायो ।

संवेदनशील र गम्भीर सूचना चुहाएको भन्दै सरकारले २३ असोजमा दाहाललाई बर्खास्त गरेको थियो । बिचौलिया भनिएका इनम सापकोटासँग कनेक्शन देखिएको उनलाई प्रधानमन्त्रीका सूचना चुहाएको आरोप छ। इनम पक्राउ परेपछि उनको मोबाइलबाट एआईजी दाहालको कनेक्सन देखिएको थियो । इनमसँग कनेक्सन देखिएको र इनमलाई संवेदनशील सूचना चुहाएको भन्दै १९ असोजमा सरकारले एआईजी दाहाललाई निलम्बन गरेको थियो । त्यसपछि एआईजी अञ्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको थियो ।

२३ असोजमा सरकारले एआईजी दाहाललाई बर्खास्तसमेत गरेको थियो । प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भन्दै उनलाई बर्खास्त गरिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ११ असोजमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई उनकै घरबाट पक्राउ गरेको थियो । उनलाई राति २ बजे पक्राउ गरी १२ घण्टासम्म प्रहरी नियन्त्रणमा राखेर केरकार गरिएको थियो । चोलेन्द्र पक्राउ परेलगत्तै एआईजी दाहालले प्रहरी हिरासतमा गएर भेटेको विषय पनि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?