पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध

सारांश

  •   हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र मार्ग अवरोध हुँदा मुक्तिनाथ तथा दामोदरकुण्ड दर्शनका लागि जाने यात्रुहरुलाई समस्या भएको छ ।
  • बेनी जोमसोम सडक खण्डको रघुगङ्गा गाउँपालिका –३ बैसरीमा सडक माथिबाट झरेको पहिरोले गर्दा ५० मिटर जति सडक अवरोध भएको छ ।
  • त्यस्तै, अन्नपूर्ण गाउँपालिका –३ को सुकेबगरमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।

२३ साउन, म्याग्दी

बिहीबारदेखिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।  हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र मार्ग अवरोध हुँदा मुक्तिनाथ तथा दामोदरकुण्ड दर्शनका लागि जाने यात्रुहरुलाई समस्या भएको छ । बेनी जोमसोम सडक खण्डको रघुगङ्गा गाउँपालिका –३ बैसरीमा सडक माथिबाट झरेको पहिरोले गर्दा ५० मिटर जति सडक अवरोध भएको छ ।

त्यस्तै, अन्नपूर्ण गाउँपालिका –३ को सुकेबगरमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।  सडक खुलाउने प्रयास गरिएको भए पनि लगातारको वर्षाले गर्दा असहज भएको बेनी जोमसोम कोरला सडक आयोजनाका इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका –३ दानका पर्यटन व्यवसायी समेत रहनुभएका शेरचनले भन्नुभयो, “पानी परिरहेको अवस्थामा कुनै पनि समय सडक अवरुद्ध हुन सक्छ यात्रा गर्नु पूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्नु उचित हुनेछ ।” बेनी–दरवाङ सडक खण्डको बेनी नगरपालिका –४ धुमाउने भीर र मालिका गाउँपालिका –६ बाङ्गे पहिरोमा अति जोखिम अवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?