Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
४० पटक हेरिएको
Shares
सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा

सारांश

  •   नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा एमाले, कांग्रेस, जसपा नेपाल, जसपा, लोसपा, जनमत र नाउपाका दलका दुवै दलका प्रमुख सचेतकहरू सहभागी छन् ।
  • सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
  • सदनको कारबाहीमा एकरूपता र अध्यादेश पारित गर्ने बारेमा योजना बनाइने उनले बताए ।

 

४ फागुन, सरकारले ल्याएका अध्यादेशमा सहमति जुटाउन सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बसिरहेको छ ।  नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा एमाले, कांग्रेस, जसपा नेपाल, जसपा, लोसपा, जनमत र नाउपाका दलका दुवै दलका प्रमुख सचेतकहरू सहभागी छन् ।

सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सदनको कारबाहीमा एकरूपता र अध्यादेश पारित गर्ने बारेमा योजना बनाइने उनले बताए । शनिबार बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले भूमि बाहेकका अन्य अध्यादेश तत्काल दुवै सदनमा टेबल गर्ने सहमति जुटाएको थियो । संघीय संसद्‌का दुवै सदनको बैठक आइतबार दिउँसो सवा १ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?