फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु

सारांश

  • सिन्धुलीको दुधौलीमा भरुवा बन्दुक पड्किँदा एक भारतीय युवकको मृत्यु भएको घटना अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
  •  पक्राउ पर्नेमा दुई नेपाली र एक भारतीय नागरिक छन्।
  •  यही साउन ५ गते सिन्धुलीको दुधौली-२ कालीडाँडामा भरुवा बन्दुकबाट गोली चल्दा भारतको बिहारका २५ वर्षीय पंकज कुमारको मृत्यु भएको थियो।

१६ साउन, काठमाडौं ।

सिन्धुलीको दुधौलीमा भरुवा बन्दुक पड्किँदा एक भारतीय युवकको मृत्यु भएको घटना अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई नेपाली र एक भारतीय नागरिक छन्। यही साउन ५ गते सिन्धुलीको दुधौली-२ कालीडाँडामा भरुवा बन्दुकबाट गोली चल्दा भारतको बिहारका २५ वर्षीय पंकज कुमारको मृत्यु भएको थियो।

स्थानीय मधुगंगा शिव मन्दिरमा आएका करिब २० जना भारतीय बसेको ठाउँमा अचानक गोली चल्दा पंकजको मृत्यु भएको पाइएपछि प्रहरीले घटना अनुसन्धान अघि बढाएको थियो।  अनुसन्धानको क्रममा मृतक युवकसँगै भारतबाट आएका २० वर्षीय अविनास कुमार दास, नेपाली नागरिक तिलमाया घिसिङ र विष्णुबहादुर घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  घटनापछि फरार भएका दासलाई जनकपुरधाम उपमहानगरपालिका-९ बाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

भारतीयहरु कालीडाँडास्थित पदमबहादुर घिसिङको घरमा भेला भएर बसेको ठाउँमा स्थानीय विष्णुबहादुर घिसिङको बन्दुक लिएर दासले फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा घटना भएको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।  घटना अनुसन्धानको क्रममा त्यस ठाउँबाट रगताम्मे अवस्थामा चक्कु र खुर्पासमेत प्रहरीले बरामद गरेको थियो। स्थानीय जंगलमा लुकाएर राखेको अवस्थामा बन्दुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुविवाह मुद्दामा प्रहरीका डीएसपी मधु नेपाल पक्राउ
बहुविवाह मुद्दामा प्रहरीका डीएसपी मधु नेपाल पक्राउ
मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु
मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु
नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
पाङबारी पिकमा सम्पर्कविहीन दुई आरोही मृ*त फेला
पाङबारी पिकमा सम्पर्कविहीन दुई आरोही मृ*त फेला
६ वटा संसदीय समितिको बैठक आज बस्दै
६ वटा संसदीय समितिको बैठक आज बस्दै
त्रिविका प्राध्यापकहरूको सुरक्षामा पीएसओ खटाउनुपरेको छ : गृहमन्त्री
त्रिविका प्राध्यापकहरूको सुरक्षामा पीएसओ खटाउनुपरेको छ : गृहमन्त्री
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय श*वदाह गृहमा गरिने
प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय श*वदाह गृहमा गरिने
सस्तोमा ल्यापटप मिलाइदिने भन्दै  २७ लाखभन्दा बढी ठगी गर्ने  व्यक्तिहरु पक्राउ
सस्तोमा ल्यापटप मिलाइदिने भन्दै २७ लाखभन्दा बढी ठगी गर्ने व्यक्तिहरु पक्राउ
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो