नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २९, २०८२
|
|
८६ पटक हेरिएको
Shares
नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा

सारांश

  • नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी गम्भीर संकटको मोडमा उभिएको बताएका छन् ।
  • मंगलबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा नेता शर्माले मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरी आग्रह गरेपनि केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूले त्यसलाई बेवास्ता गरेको आरोप लगाए।
  • विशेष महाधिवेशन नबोलाइँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

२९ पुस, काठमाडौं ।

नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी गम्भीर संकटको मोडमा उभिएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा नेता शर्माले मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरी आग्रह गरेपनि केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूले त्यसलाई बेवास्ता गरेको आरोप लगाए। विशेष महाधिवेशन नबोलाइँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ थियो । उनले भने, ‘आज नेपाली कांग्रेस गम्भीर संकटको मोडमा उभिएको छ ।

जनताको चाहना र प्रतिनिधिहरूको माग विपरीत विशेष महाधिवेशन नबोलाइएपछि यो परिस्थिति निर्माण भएको हो ।’ नेता शर्माले वर्तमान विषम परिस्थितिमा पार्टी र भावी पुस्ताको भविष्यलाई ध्यानमा राख्दै संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने बताए । नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने उनको धारणा थियो । साथै, विशेष महाधिवेशन पक्षधरहरूले पनि पार्टी एकताका लागि एक कदम पछाडि हटेर भएपनि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने उनले आग्रह गरे । पार्टीभित्र देखिएका सबै मतभेद संवाद र समझदारीबाट टुंग्याउनुपर्ने उल्लेख गर्दै सहमति भाँड्ने र उच्छृंखल गतिविधिले पार्टीलाई कमजोर बनाउने चेतावनी दिए । उनले सबै नेता तथा कार्यकर्तालाई संयमित भएर पार्टी एकताका लागि एकजुट हुन आह्वान गरे ।

उनले भने, ‘वर्तमान विषम परस्थितिमा नेपाली कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समपर्ण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्छ । नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ । साथै विशेष महाधिवेशन पक्षधरहरुले पनि पार्टी एकताका लागि एक कदम पछाडि हटेर भए पनि आमकार्यकर्ता र पार्टीहितलाई प्राथमिकतामा राख्नुपर्छ । पार्टीभित्रका सबै मतभेदहरु संवाद र समझदारीबाट टुंग्याइनुपर्छ । सहमति भाँड्ने, उछृङ्खल गतिविधिले पार्टीलाई कमजोर बनाउँछ । त्यसैले सबै नेता र कार्यकर्ताहरुलाई संयमित रहेर एकतावद्ध हुन आग्रह गर्दछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द
आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति
बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव
बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक: मेयर साह
गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक: मेयर साह
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते
सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते
कर्णाली दुर्घटनाको उद्धारबारे रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ
कर्णाली दुर्घटनाको उद्धारबारे रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ
कैलालीमा मृत भेटिएकी सुत्केरीको देवरबाटै ह*त्या
कैलालीमा मृत भेटिएकी सुत्केरीको देवरबाटै ह*त्या