संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बसेर साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बसेर साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड

सारांश

  • मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
  • संसद्को हिउँदे अधिवेशन आगामी १८ गते बस्दैछ ।
  • सो बैठकअघि विपक्षी दलहरूको बैठक बसेर सामूहिक ढंगबाट कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिने बताएका हुन् ।

१५ माघ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बैठक बसेर साझा धारणा तय गरिने जानकारी गराएका छन् । मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

संसद्को हिउँदे अधिवेशन आगामी १८ गते बस्दैछ । सो बैठकअघि विपक्षी दलहरूको बैठक बसेर सामूहिक ढंगबाट कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिने बताएका हुन् ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूहरूले विशेष अधिवेशन बोलाउने चेतावनी दिएपछि मात्रै सरकारले हिउँदे अधिवेशन आह्वान गरेको दाबी पनि गरे । ‘हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउँछौं भनेपछि मात्रै सरकारले सदन बोलाएको छ ।

हामी पर्सि १८ गतेको सदन बस्नुभन्दा अगाडि विपक्षी दलहरूको पनि बैठक बसेर सामूहिक ढंगले कसरी प्रस्तुत हुने ? सरकारले पछिल्लो ६ महिनामा गरेका जनविरोधी क्रियाकलापहरू,’ प्रचण्डले अघि भने, ‘राष्ट्रविरोधी क्रियापकलाहरू, देशमा आर्थिक संकट झन चर्काउनका लागि अरबौं अरब ऋण बढाउने जो काम गरेको छ, आफ्ना जतिसुकै अपराध गरेका भए पनि तुरुन्तै चोख्याउने र राजनीतिक विरोधीलाई प्रतिशोध साँध्ने जो काम गरेको छ, विपक्षी दलहरूलाई पनि सामूहिक रुपमा अगाडि बढाउने कोसिस पनि गरेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादी आन्दोलनको नेतृत्वबाट सुवेदीलाई हटाउने तयारी
राजावादी आन्दोलनको नेतृत्वबाट सुवेदीलाई हटाउने तयारी
रास्वपा नेता मोहन थापा अमेरिकाको विमानस्थलबाटै पक्राउ, नेपाल डिपोर्ट गर्ने आशंका
रास्वपा नेता मोहन थापा अमेरिकाको विमानस्थलबाटै पक्राउ, नेपाल डिपोर्ट गर्ने आशंका
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
सप्तकोशी नदी बीचको टापुबाट ४७५ किलो गाँजा बरामद
सप्तकोशी नदी बीचको टापुबाट ४७५ किलो गाँजा बरामद
एमालेले आज पनि थाल्यो काठमाडौंमा प्रदर्शन
एमालेले आज पनि थाल्यो काठमाडौंमा प्रदर्शन
अमेरिकामा फेरि अर्का नेपाली मृत फेला
अमेरिकामा फेरि अर्का नेपाली मृत फेला
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
नक्कली लाइसेन्स प्रकरण : ७ जना सीआईबीको हिरासतमा
नक्कली लाइसेन्स प्रकरण : ७ जना सीआईबीको हिरासतमा
सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड
सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड
मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री
मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री