राजावादी आन्दोलनको नेतृत्वबाट सुवेदीलाई हटाउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
राजावादी आन्दोलनको नेतृत्वबाट सुवेदीलाई हटाउने तयारी

सारांश

  • राजासंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई  पुनर्गठन गरिने भएको छ ।
  • नवराज सुवेदी नेतृत्वको समितिलाई पुनर्गठन गरेर अधिकतम युवाहरुलाई समेटिने उक्त समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए ।
  • राजसंस्थाको पक्षमा रहेका अन्य दलका नेताहरु समेत सहभागी गराएर समितिलाई पुनर्गठन गरिने नेपालले बताए ।

२५ जेठ, काठमाडौं ।

राजासंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई  पुनर्गठन गरिने भएको छ । नवराज सुवेदी नेतृत्वको समितिलाई पुनर्गठन गरेर अधिकतम युवाहरुलाई समेटिने उक्त समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए । राजसंस्थाको पक्षमा रहेका अन्य दलका नेताहरु समेत सहभागी गराएर समितिलाई पुनर्गठन गरिने नेपालले बताए ।

‘कांग्रेस, एमाले, माओवादी, जनमुक्ति सेना, सीपी मैनालीहरु धेरै जनाले आउन चाहनु झएको छ । युवाले कार्यक्रम बनाएर त्रियाशील ढंगले आन्दोलन बढ्छ,’ नेपालले भने, ‘समितिको नेतृत्व अब युवाले गर्नेछन् । युवाहरुले बनाएको कार्यक्रम बुढाहरुले मान्नुपर्दछ । नमान्ने हो भने सल्लाहकारमा राखिन्छ ।’ गत साता सुवेदी नेतृत्वको समितिको समीक्षा बैठकमा होहल्ला भएपछि राजावादीहरु निष्कृय भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दाबोल्दै होहल्ला भएपछि सुवेदीले बैठक स्थगित गरेका थिए । थापा पक्षले बैठक कक्षमा पत्रकारहरुलाई प्रवेश गराएको र सवालजवाफ हुँदा त्यहीकारण बैठक पनि बिथोलिएको आरोप कतिपय राजावादी नेताहरुले लगाएका छन् । नेपाल भन्छन्, ‘बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुङ्ग पारे । जनभावनालाई तुहाउन प्रयास गरे ।’

राजावादी ४४ संगठनले गर्ने भनिएको अनिश्चितकालिन आन्दोलन बिचमै अलपत्र परेको छ । सामूहिक रुपमा आन्दोलन अघि बढ्न नसक्नुमा नेताहरुले एकअर्को पक्षलाई आरोप लगाउँदै आएका छन् । पटक–पटक टुट्दै र जुट्दै गरेका राजावादीहरूलाई पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले बोलाएरै एकताबद्ध हुन भनेका थिए । त्यसपछि कमल थापा र राजेन्द्र लिङ्देन लगायत पुराना राजावादी नेता नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्न तयार भएका थिए । उनीहरुले ४ चैतमा ८६ वर्षीय सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति घोषणा गरेका थिए । १५ चैतमा तीनकुनेमा गरेको पहिलो कार्यक्रम नै हिंसात्मक बनेको थियो । त्यसपछि मुलुकमा गणतन्त्र आएको दिन १५ जेठको छेको पारेर नै पुन: शान्तिपूर्ण आन्दोलन सुरु भएको थियो । तर अहिले त्यो आन्दोलन निष्कृय छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब नियुक्ति लिनुअघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने
अब नियुक्ति लिनुअघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात
काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात
संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी
संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी
उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने
उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
संघीय संसद्को चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुँदै
संघीय संसद्को चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुँदै
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
तराईको हुस्सु र कुहिरो हटेन : काठमाण्डौको तापक्रम हिजोभन्दा बढ्यो
तराईको हुस्सु र कुहिरो हटेन : काठमाण्डौको तापक्रम हिजोभन्दा बढ्यो