संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३१, २०८२
|
|
३१ पटक हेरिएको
Shares
संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी

सारांश

  • पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी नेता विद्यादेवी भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताएकी छन् ।
  • मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको संसद विघटनबारे प्रश्नमा उनले संविधानले गरेको व्यवस्थाअनुसार काम गरेको बताइन् ।
  • ‘संसद विघटन विगतको कुरा हो, यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकारै छुु उनले भनिन्, ‘२०१७ सालको कुरा पनि इतिहासमा आइरहन्छ, पछि २०५१ मा पनि विघटन भएको छ त्यो पनि आइरहन्छ ।

३१ असार, काठमाडौं ।

पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी नेता विद्यादेवी भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताएकी छन् । मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको संसद विघटनबारे प्रश्नमा उनले संविधानले गरेको व्यवस्थाअनुसार काम गरेको बताइन् ।

‘संसद विघटन विगतको कुरा हो, यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकारै छुु उनले भनिन्, ‘२०१७ सालको कुरा पनि इतिहासमा आइरहन्छ, पछि २०५१ मा पनि विघटन भएको छ त्यो पनि आइरहन्छ ।’ उनले थपिन्, ‘म राष्ट्रपति भएको बेलामा पनि दुईचोटि संसद विघटन भएको छ, त्यो आइरहन्छ, तर त्यसलाई मैले कुनै दबाब भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको हो, जे व्यवस्था छ त्यही गरेको हो ।’

उनले संसद विघटनको सदर कुनै दबाबमा नगरेको दोहोर्‍याइन् । ‘अब त्यसमा तपाईंहरू छलफलमा भाग लिन चाहनुहुन्छ भने त्यसको संवैधानिक, राजनीतिक र इतिहासका कुराहरू र देशलाई केगरी निकास दिनुपर्थ्यो, कुन बेला के काम गर्नुपर्छ त्यो कुराहरू छलफलको विषय हुनसक्छु उनले भनिन्, यसमा दबाब थिएन ।’ उनले थपिन्, ‘मैले संवैधानिक विधि व्यवस्था अनुसार मन्त्रिपरिषदले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको कुरा जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी
६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी
भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
विद्यालय शिक्षा र निजामती कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने सत्तापक्षको तयारी
विद्यालय शिक्षा र निजामती कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने सत्तापक्षको तयारी
‘सुशीला कार्कीको औचित्य समाप्त भयो, राजीनामा दिनुपर्छ’
‘सुशीला कार्कीको औचित्य समाप्त भयो, राजीनामा दिनुपर्छ’
सिकारीको गोली लागेर युवकको मृ*त्यु, किशोरी घाइते, चार पक्राउ
सिकारीको गोली लागेर युवकको मृ*त्यु, किशोरी घाइते, चार पक्राउ
सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यक : मन्त्री भण्डारी
सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यक : मन्त्री भण्डारी
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
दाङमा ट्याक्टर पल्टिँदा २ जनाको मृ*त्यु
दाङमा ट्याक्टर पल्टिँदा २ जनाको मृ*त्यु