काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात  

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
४५ पटक हेरिएको
Shares
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात  

सारांश

  •      प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।
  • कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।
  • आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ७३ करोड ६३ लाखको निर्यात भएको छ ।

२२ चैत झापा ।    

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ७३ करोड ६३ लाखको निर्यात भएको छ ।

यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु २६ करोड ६३ लाख, अम्लिसो रु ७६ करोड ९७ लाख, बन्दा रु आठ करोड १७ लाख, जडीबुटी रु चार करोड २६ लाख, मसुरो दाल रु चार करोड मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट रु दुई अर्ब ४० करोड ४६ लाख २२ हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।

आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गँेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु १३ करोड १७ लाख १२ हजार, चामल रु चार करोड ९७ लाख, ताजा तरकारी रु २८ करोड ८७ लाख मूल्य बराबरको आयात भएको छ । यसैगरी ताजा फलफूल रु २६ करोड ३७ लाख, लसुन रु ६२ करोड ४६ लाख, आलु रु २८ करोड ९१ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता
एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै
जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला
जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला
आन्दोलनको आगोबाट उदाएको नेतृत्व : सुशीला कार्कीको परीक्षा र सफलता
आन्दोलनको आगोबाट उदाएको नेतृत्व : सुशीला कार्कीको परीक्षा र सफलता
सर्लाहीका अग्नि पिडीतलाई सशस्त्र प्रहरीको राहत
सर्लाहीका अग्नि पिडीतलाई सशस्त्र प्रहरीको राहत
तीव्र गतिको माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
तीव्र गतिको माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
सडक पूर्वाधार निर्माणलाई तीव्रता दिने सरकारको घोषणा
सडक पूर्वाधार निर्माणलाई तीव्रता दिने सरकारको घोषणा