एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
३९ पटक हेरिएको
Shares
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

सारांश

  • एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङ र लिलाबहादुर तामाङविरुद्ध १० दिन म्याद थप भएको छ ।
  • एपीएफ स्कुल, कीर्तिपुरकी लेखा अधिकृत एवं सशस्त्र प्रहरी निरीक्षक गुरुङ र एमडि एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक तामाङलाई थप १० दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको हो।
  • उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ बमोजिमको कसुर अपराधको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो।

१० साउन, काठमाडौं ।

एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङ र लिलाबहादुर तामाङविरुद्ध १० दिन म्याद थप भएको छ । एपीएफ स्कुल, कीर्तिपुरकी लेखा अधिकृत एवं सशस्त्र प्रहरी निरीक्षक गुरुङ र एमडि एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक तामाङलाई थप १० दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको हो। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ बमोजिमको कसुर अपराधको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो।

आयोगले अनुसन्धानका लागि म्याद थपको अनुमति माग गरेपछि विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले १० दिनको म्याद थप गरेको हो। काठमाडौँ जिल्ला अदालतबाट यसअघि भएको म्याद थपको स्थितिलाई समेत गणना गर्दा यो उनीहरूका लागि पाँचौँ पटकको म्याद थप हो। उनीहरूलाई गत असार २० गते जिल्ला प्रहरी परिसरले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो। त्यसपछि जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रहरी परिसर, भद्रकालीको पत्रसाथ साउन ८ गते उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो। अदालतको पछिल्लो आदेशअनुसार दुवै आरोपीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो
स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित
रामेछापको हिलदेवीमा पहिरोले गाउँ नै धसियो, ७८ घर जोखिममा
रामेछापको हिलदेवीमा पहिरोले गाउँ नै धसियो, ७८ घर जोखिममा
आफ्नै दाजुको ह*त्या गरी फरार युवक पक्राउ
आफ्नै दाजुको ह*त्या गरी फरार युवक पक्राउ
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात