मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २१, २०८२
|
|
३१ पटक हेरिएको
Shares
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

सारांश

  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
  • उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् ।
  • उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् ।

२१ मंसिर, जनकपुरधाम ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् । कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेश सरकारको नेतृत्व कांग्रेस दलका नेता यादवको जिम्मेवारीमा आएको हो ।

गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो । उनले प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा घोषणा गरेपछि कांग्रेस दलका नेता यादवलाई गठबन्धनका दलहरुले मुख्यमन्त्रीको रुपमा चयन गरेका थिए । उनले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 
आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 
बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी
बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी
बढ्यो सुन–चाँदीको मूल्य , आज कतिमा हुँदैछ किनबेच?
बढ्यो सुन–चाँदीको मूल्य , आज कतिमा हुँदैछ किनबेच?
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने
अख्तियार कार्यालयबाटै घुससहित पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार कार्यालयबाटै घुससहित पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न
जेनजीको मागजायजथियो: एमाले नेता रघुवीर महासेठ
जेनजीको मागजायजथियो: एमाले नेता रघुवीर महासेठ
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो
सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो