एमालेको बहिष्कारपछि पनौतीको नगरसभा स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
३४ पटक हेरिएको
Shares
एमालेको बहिष्कारपछि पनौतीको नगरसभा स्थगित

सारांश

  • काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको नगरसभा स्थगित भएको छ ।
  • नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका कारण सोमबारको नगरसभा स्थगित भएको हो ।
  • एमालेबाट निर्वाचित उपप्रमुख गिता बञ्जारा, ७ जना वडाध्यक्ष र नगरसभा सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाका लागि गणपूरक संख्या अपुग भएको हो ।

९ असार, काभ्रे ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको नगरसभा स्थगित भएको छ । नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका कारण सोमबारको नगरसभा स्थगित भएको हो । एमालेबाट निर्वाचित उपप्रमुख गिता बञ्जारा, ७ जना वडाध्यक्ष र नगरसभा सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाका लागि गणपूरक संख्या अपुग भएको हो ।

नगरसभा सञ्चालनका लागि गणपूरक संख्या नपुगेपछि नगर प्रमुख रामशरण भण्डारीले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका हुन् । नगर प्रमुख भण्डारीले उपप्रमुखसहितका जनप्रतिनिधिहरू अनुपस्थित भएका कारण बैठक बस्न नसकिएको प्रतिक्रिया दिए । कार्यपालिकामार्फत सबै विधि र प्रक्रिया पूरा गरिए पनि अन्तिम समयमा बैठक स्थगित गर्नु परेको उनको भनाइ छ । उपप्रमुख गिता बञ्जाराले कार्यपालिकामा भएको सहमतिभन्दा विपरीत ४ करोडभन्दा बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको प्रतिक्रिया दिइन् । ६२ सदस्यीय नगर सभामा नगर प्रमुख, ४ वडाध्यक्षसहित २० जना नेपाली कांग्रेसबाट, १ वडाध्यक्ष र वडा सदस्य एकीकृत समाजवादीबाट छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित छन् । बहुमत भएको भन्दै एमालेले पनौतीको नगर सभामा प्रत्येक वर्ष लफडा गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ७ वटा एकतर्फी
वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ७ वटा एकतर्फी
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
झापामा नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
झापामा नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद : शेखर
मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद : शेखर
विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध
विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
एसिसी यु–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाई
एसिसी यु–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाई
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी