मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ९, २०८३
|
|
१५९ पटक हेरिएको
Shares
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई विचार निर्माण गर्ने र राजनीतिक आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन् ।
  • मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा बोल्दै उनले भण्डारीका राजनीतिक चुनौतीहरूको विश्लेषण, व्याख्या र समाधान प्रस्तुत गर्ने शैलीलाई जीवन्त अभिलेखका रूपमा पुस्तकमा समेटिएको उल्लेख गरिन् ।
  • उनले भनिन्, ‘मदन भण्डारीले आफ्नो समयमा चुनौतीहरुलाई कसरी आत्मसात गर्नुभयो, तिनको कसरी विश्लेषण र व्याख्या गर्नुभयो तथा समाधानका उपायहरु जनतासमक्ष कसरी प्रस्तुत गर्नुभयो भन्ने कुराको जीवन्त अभिलेख यो पुस्तकमा समेटिएको छ ।

काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई विचार निर्माण गर्ने र राजनीतिक आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन् । मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा बोल्दै उनले भण्डारीका राजनीतिक चुनौतीहरूको विश्लेषण, व्याख्या र समाधान प्रस्तुत गर्ने शैलीलाई जीवन्त अभिलेखका रूपमा पुस्तकमा समेटिएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘मदन भण्डारीले आफ्नो समयमा चुनौतीहरुलाई कसरी आत्मसात गर्नुभयो, तिनको कसरी विश्लेषण र व्याख्या गर्नुभयो तथा समाधानका उपायहरु जनतासमक्ष कसरी प्रस्तुत गर्नुभयो भन्ने कुराको जीवन्त अभिलेख यो पुस्तकमा समेटिएको छ । ’ भण्डारी सामान्य राजनीतिक नेता मात्र नभई विचार निर्माण गर्ने चिन्तक तथा सिद्धान्तकारसमेत भएको भन्दै उनले जनताको आकांक्षालाई राजनीतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता भएको धारणा राखिन् । उनले भनिन्, ‘जननेता मदनभण्डारी सामान्य राजनीतिक नेता मात्र नभइ विचार निर्माण गर्ने नेता हुनुहुन्थ्यो । उहाँ राजनीतिक आन्दोलनलाई सुदृढ, सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक एवम् विचारक पनि हुनुहुन्थ्यो ।’
पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी सञ्चारको शक्ति, जनमतको महत्व र विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री राजनीतिज्ञका रूपमा परिचित रहेको पनि बताइन् । उनले भनिन्, ‘जनताको आकांक्षालाई राजनीतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता पनि हुनुहुन्थ्यो । साथै उहाँ संचारको शक्ति, जनमतको महत्व तथा विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्थ्यो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण
युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त
युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त
पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान
पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
६ अंक घट्यो सेयर बजार, कारोबारमा सुधार
६ अंक घट्यो सेयर बजार, कारोबारमा सुधार
भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
सडक चिप्लो भएपछि दाउन्ने सडक खण्ड अवरुद्ध
सडक चिप्लो भएपछि दाउन्ने सडक खण्ड अवरुद्ध
इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव