गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १, २०८२
|
|
७४ पटक हेरिएको
Shares
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ

सारांश

  • पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका करिब ३० वर्षीय सन्तोष सेन्चुरी रहेका प्रहरीले जनाएको छ।
  • गोंगबुस्थित नयाँ बसपार्क नजिकैको कञ्चन कोसी होटल एण्ड लजको कोठा नम्बर २०१ मा गएकाे शुक्रबार राति २७ वर्षीया ललिता विकको शव फेला परेको थियो।
  • सुनसरीको इटहरी घर भएकी भिममाया लिम्बुले सञ्चालन गरेको सो होटलको कोठाको खाटमुनि उनको शव फेला परेपछि प्रहरीले सन्तोषको खोजी गरेको थियो।

काठमाडौँमा पत्नीको हत्या गरेर फरार भएका एक युवक पर्साबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका करिब ३० वर्षीय सन्तोष सेन्चुरी रहेका प्रहरीले जनाएको छ। गोंगबुस्थित नयाँ बसपार्क नजिकैको कञ्चन कोसी होटल एण्ड लजको कोठा नम्बर २०१ मा गएकाे शुक्रबार राति २७ वर्षीया ललिता विकको शव फेला परेको थियो।

सुनसरीको इटहरी घर भएकी भिममाया लिम्बुले सञ्चालन गरेको सो होटलको कोठाको खाटमुनि उनको शव फेला परेपछि प्रहरीले सन्तोषको खोजी गरेको थियो। उक्त शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

नुवाकोट ककनी गाउँपालिका-४ माइत भएकी बिकको करिब दुई वर्षअघि काभ्रे भुम्लु गाउँपालिका निवासी सन्तोष सेन्चुरीसँग बिवाह भएको थियो। मृतक महिलाका बुवाले दिएको जाहेरीअनुसार गएको साउन २७ गते सन्तोषले ललितालाई उक्त होटलमा बोलाएका थिए। त्यहीँ होटलमा ललिताको हत्या गरी शव बेडमुनि लुकाएर सन्तोष पर्सा भागेको अनुसन्धानको क्रममा खुलेको छ।

घटना लुकाउन सन्तोषले साउन २८ गते प्रहरी वृत्त महाराजगन्जमा पत्नी हराएको भन्दै हुलियासहित निवेदन दिएका थिए। तर, साउन ३० गते राति गेस्ट हाउसमा पत्नीको शव प्रहरीले भेटेको सूचना पाएपछि भने उनी भागेका खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल
जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल
भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला
कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला
जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग
जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग
सिरहामा टिपरको ठक्करबाट एक वृद्धको मृ*त्यु
सिरहामा टिपरको ठक्करबाट एक वृद्धको मृ*त्यु
पोखरीमा डुबेर बालिकाको मृत्यु
पोखरीमा डुबेर बालिकाको मृत्यु