अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २८, २०८१
|
|
२७ पटक हेरिएको
Shares
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी

सारांश

  • अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माता तथा निर्देशकमाथि प्रहरीमा उजुरी परेको छ ।
  • निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेले अमेरिका लैजान्छु भन्दै ठगी गरेको दाबीसहित उजुरी परेको हो ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उजुरी परेको बताए ।

 

२८ कात्तिक, काठमाडौं । अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माता तथा निर्देशकमाथि प्रहरीमा उजुरी परेको छ । निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेले अमेरिका लैजान्छु भन्दै ठगी गरेको दाबीसहित उजुरी परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उजुरी परेको बताए । लामो समयदेखि अमेरिकामा बस्दै आएका शंकर र ऋचा दम्पती हुन् । पछिल्लो फिल्म ‘तेल भिसा’ प्रदर्शनको लागि उनीहरु यतिबेला काठमाडौंमा छन् ।

यो फिल्मको छायांकन पनि अमेरिकामा गरिएको हो । कथावस्तु पनि अमेरिकास्थित नेपाली समुदायको कथामा आधारित छ । ऋचा र शंकर दुवै नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार तथा निर्देशक हुन् । ‘तेल भिसा’को प्रदर्शन मंसिर ७ गते हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?