बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३७ पटक हेरिएको
Shares
बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

सारांश

  • अस्पताल आज यहाँ आयोजित १७औँ वार्षिक साधारणसभामा उहाँले जननेता बिपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने बताउनुभयो ।
  • “सहकारी संस्थाका रुपमा स्थापना भएको अस्पतालमा शेयर होल्डर र जनताको पैसाको सही सदुपयोग हुनुपर्छ”, उहाँले भन्नुभयो ।
  • उहाँले देशको स्वास्थ्य क्षेत्रको विकासमा बिपी स्मृति अस्पतालले गरेका कामको सराहना गर्नुभयो ।

३० चैत : काठमाडौँ,

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अस्पताल आज यहाँ आयोजित १७औँ वार्षिक साधारणसभामा उहाँले जननेता बिपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने बताउनुभयो । “सहकारी संस्थाका रुपमा स्थापना भएको अस्पतालमा शेयर होल्डर र जनताको पैसाको सही सदुपयोग हुनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले देशको स्वास्थ्य क्षेत्रको विकासमा बिपी स्मृति अस्पतालले गरेका कामको सराहना गर्नुभयो । पार्टीका नेता डा शेखर कोइरालालेसंविधान संशोधनमा विलम्ब गर्न नहुने बताउनुभयो । “संविधान संशोधनमा जति ढिलाइ हुन्छ, त्यति नै सडकमा आक्रोश बढ्छ”, उहाँले भन्नुभयो । एमालेसँगको सत्ता साझेदारी पार्टी समस्यामा नपरोस् भन्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अस्पताल सञ्चालक समितिका अध्यक्ष उमेशजङ्ग रायमाझीले बिपी स्मृति अस्पताललाई सातै प्रदेशमा विस्तार गरिने बताउनुभयो । अस्पताल सञ्चालक समितिका पूर्वअध्यक्षहरु डा केदारनरसिंह केसी, डा सुदामप्रसाद अधिकारी, अस्पतालका शेयरहोल्डर रवीन्द्रनाथ रेग्मीलगायत वक्ताले बिपी कोइरालाका नाममा स्थापित अस्पताललाई चिकित्साको उत्कृष्ट केन्द्र बनाउन सिङ्गो पार्टी लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई गोल्छा ग्रुपले दियो २० थान मोटरसाइकल
ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई गोल्छा ग्रुपले दियो २० थान मोटरसाइकल
दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु
दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण
कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र
कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र
हिरासत म्याद थप्न रविलाई चौथोपटक लगियो अदालत
हिरासत म्याद थप्न रविलाई चौथोपटक लगियो अदालत
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह
राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री
राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री
नेपालको संसद्‍मा उठ्यो भारत-पाकिस्तान युद्धको विषय
नेपालको संसद्‍मा उठ्यो भारत-पाकिस्तान युद्धको विषय