उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १९, २०८२
|
|
३७ पटक हेरिएको
Shares
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण

सारांश

  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनावी मैदानमा उत्रिसकेको बताएका छन् ।
  • सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण भएको जानकारी दिए ।
  • अध्यक्ष घिसिङका अनुसार एकीकरणपछि राष्ट्रिय परिवर्तन पार्टीका केही समानुपातिक उम्मेदवारलाई उज्यालो नेपाल पार्टीका समानुपातिक सूचीमा समावेश गरिएको छ ।

१९ माघ, काठमाडौं ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनावी मैदानमा उत्रिसकेको बताएका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण भएको जानकारी दिए ।अध्यक्ष घिसिङका अनुसार एकीकरणपछि राष्ट्रिय परिवर्तन पार्टीका केही समानुपातिक उम्मेदवारलाई उज्यालो नेपाल पार्टीका समानुपातिक सूचीमा समावेश गरिएको छ । दुवै पार्टीका समानुपातिक उम्मेदवार राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिन्ह ‘बाँसुरी’ अन्तर्गत रहेकाले समानुपातिकतर्फ बाँसुरी चिन्ह प्रयोग गरिएको उनले स्पष्ट पारे ।

उनले प्रत्यक्षतर्फ भने उज्यालो नेपाल पार्टीकै चुनाव चिन्ह ‘चिम’ रहने जानकारी दिए । अध्यक्ष घिसिङले मतदातालाई समानुपातिकतर्फ बाँसुरी चिन्हमा र प्रत्यक्षतर्फ चिम चिन्हमा मतदान गर्न आग्रह गरे ।
उनले भने, ‘हामी चुनावी मैदानमा आएका छौं । जसमा हामीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकीकरण गरेका छौं । उहाँहरुको समानुपातिक उम्मेदवारलाई हाम्रो समानुपातिकका साथिहरुलाई केही रिप्लेस गरिएका छ । राष्ट्रिय परिवर्तन पार्टीको चिन्ह् बाँसुरी चिन्ह् हो र हाम्रा समानुपातिक उम्मेदवारहरु त्यसमा भएको हुनाले समानुपातिकमा बाँसुरी चिन्ह्मा मतदान गर्न आह्वान गर्छु । प्रत्यक्षको लागि चुनाव चिन्ह् ‘चिम’ नै हुन्छ । प्रत्यक्षमा ‘चिम’ चिन्ह्मा मतदान गर्न आह्वान गर्छु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
कुलमानले भने- विद्युतीय सवारीसाधन प्रवर्द्धनमा जोड दिऔँ
कुलमानले भने- विद्युतीय सवारीसाधन प्रवर्द्धनमा जोड दिऔँ
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
५ वटा नदीको जलसतह खतराको तहमा पुग्यो
५ वटा नदीको जलसतह खतराको तहमा पुग्यो
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल
डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल