डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
२८५ पटक हेरिएको
Shares
डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल

सारांश

  • प्रहरी-प्रहरीकै बीचमा आर्थिक विवाद चर्किएको छ ।
  • यसक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नाममा गरिएको आर्थिक कारोबारसँग सम्बन्धित अडियो संवाद प्रहरीस्रोतले  उपलब्ध गराएको छ ।
  • मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी थपलियाको नाममा व्यापारी राजीव महासेठले आफूसहित अन्य व्यापारीसँग रकम संकलन गरेको र उक्त रकम डीआईजी थपलियाद्वारा तोकिएका प्रहरीलाई दिएको व्यहोरा प्राप्त अडियोमा खुलासा भएको छ ।

८ वैशाख, जनकपुरघाम ।

प्रहरी-प्रहरीकै बीचमा आर्थिक विवाद चर्किएको छ । यसक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नाममा गरिएको आर्थिक कारोबारसँग सम्बन्धित अडियो संवाद प्रहरीस्रोतले  उपलब्ध गराएको छ । मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी थपलियाको नाममा व्यापारी राजीव महासेठले आफूसहित अन्य व्यापारीसँग रकम संकलन गरेको र उक्त रकम डीआईजी थपलियाद्वारा तोकिएका प्रहरीलाई दिएको व्यहोरा प्राप्त अडियोमा खुलासा भएको छ । लेनदेनको यो विषय सार्वजनिक चर्चामा आएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय, धनुषाको अपराध अनुसन्धान तथा विश्लेषण शाखामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणालाई उक्त लेनदेनमा दोषी करार गर्ने प्रयास भयो । राणाले आफूलाई लाञ्छना लगाउने डीआईजीको प्रयासबाट जोगिन व्यापारी महासेठलाई फोन गरेको अडियो संवादमा झल्किन्छ ।

वरिष्ठ सई राणालाई उनको मोबाइलमा सम्पर्क गर्दा स्वीच अफ थियो । यो विवादका कारण जनकपुरघाममै रहेको प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीबीच तिक्तता उत्पन्न भएको छ । नेपाल प्रेसले धनुषा प्रहरी प्रमुख रुगमबहादुर कुवरलाई सम्पर्क गर्न खोज्दा उनी पनि सम्पर्कमा आएनन् । प्रहरीस्रोतका अनुसार सई जयलाल यादव र वरिष्ठ सई गोपाल थापा मगर आर्थिक संकलनकार्यमा सक्रिय थिए । त्यसमध्ये वरिष्ठ सई मगरलाई प्रहरी उच्च नेतृत्वकै परिवारले पठाएको चर्चा छ ।

घटना के हो ?

चैत १ गते एक व्यापारीको भन्सार कारोबार नसुल्झिएको सामान वरिष्ठ सई मगरले बरामद गरे । यो खबर काठमाडौँमा उच्चपदस्थ प्रहरीसम्म पुग्यो । त्यसपछि डीआईजी थपलियाले वरिष्ठ सई मगर र सई यादवलाई जोगाउन प्रहरी चौकी फुलगाका कार्यालय प्रमुख सई टेकबहादुर कार्कीसहित सबैलाई जिल्ला तान्न आदेश दिए । जबकि, जिल्ला प्रहरीसँग उनले कुनै समन्वय गरेनन् ।

त्यसपछि अर्का व्यवसायी राजीव महासेठमार्फत व्यापारीहरुसँग ‘कुरा मिलाउन’ थालियो । यसबारे केही मिडियामा चर्का भयो । त्यसपछि उक्त कार्य जिल्ला प्रहरीको टोलीबाट भएको भन्दै डीआईजी थपलिया आफू जोगिन खोजेका छन् । वरिष्ठ सई राणाले व्यवसायी महासेठलाई गरेको फोनमा उनले डीआईजीको नाममा सई यादवले रकम लगेको स्वीकार गरेका छन् । डीआईजी थपलिया भन्छन्-यो (अडियो) कसले, कसरी बनायो, मलाई थाहा भएन । जसले बनायो, उनीहरूलाई सोध्नुपर्छ ।

–  Nepal Press

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय श*वदाह गृहमा गरिने
प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय श*वदाह गृहमा गरिने
स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी
स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी
मखनटोल आगलागीमा मृ*त्यु भएकी वृद्धाको सनाखत
मखनटोल आगलागीमा मृ*त्यु भएकी वृद्धाको सनाखत
आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक बस्दै
आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक बस्दै
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
पार्टी एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष
पार्टी एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
सांसदहरूलाई ओलीको निर्देशन- संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्
सांसदहरूलाई ओलीको निर्देशन- संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्
कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी
कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी
निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता
निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता