सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३१, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

सारांश

  • स्वदेशीसँगै विदेशी पर्यटक आउन थालेका हुन् ।
  • लामो समययता पर्यटकको सङ्ख्या न्यून रहँदै आएको सौराहा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
  • आज साँझसम्ममा सबै होटल भरिने अपेक्षा व्यवसायीहरूको छ ।

 

चितवन, ३१ चैतः

नेपाली नयाँ वर्ष मनाउन जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटक आउन थालेका छन् । स्वदेशीसँगै विदेशी पर्यटक आउन थालेका हुन् । लामो समययता पर्यटकको सङ्ख्या न्यून रहँदै आएको सौराहा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । आज साँझसम्ममा सबै होटल भरिने अपेक्षा व्यवसायीहरूको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार सौराहामा नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

यद्यपि वीरगन्जको कफ्र्युलगायत आन्दोलनका कारण केही प्रभाव पर्यटन क्षेत्रमा देखिएको छ । यसका साथै सडकका कारण पनि प्रभाव देखिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न कारणले प्रभाव पारे पनि नयाँ वर्षको साँझमा सौराहाका होटल भरिन्छन् ।” विगतका वर्षहरूमा नयाँ वर्षको अघिल्लो साँझ पर्यटकले कोठा नपाएर फर्किनुपर्ने अवस्था हुन्थ्यो । त्यस्तो अवस्था भने यस वर्ष नआउने उहाँको भनाइ छ । माघयता सौराहामा पर्यटकको आगमन कम हुँदै आएको थियो । सङ्घका उपाध्यक्ष गुणराज थपलियाले केही होटल शुक्रबारदेखि नै भरिएको जनाउँदै अहिलेको बुकिङ राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो होटल केही दिनयता भरिएको छ, साथीहरूले पनि बुकिङ राम्रो हुँदै गएको बताएका छन् ।” यद्यपि विगतको तुलनामा पर्यटकको आगमन कम रहेको उहाँको भनाइ छ ।

शुक्रबार र शनिबार परेकाले पनि पर्यटकको आगमन क्रमशः बढ्दै गएको उहाँ बताउनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे विद्यालयमा बिदा र शुक्रबार–शनिबार परेकाले पर्यटकको आगमन बढ्दो रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “साँझसम्म सौराहाका सबै होटल भरिन्छन् ।” सौराहामा रेष्टुरेन्ट एन्ड बार एसोसिएसनले आज साँझ सांकृतिक कार्यक्रम आयोजना गरेको जनाउँदै उहाँले नयाँ वर्षमा रमाउन आउने धेरै नेपाली रहेको बताउनुभयो । होटल सिद्धार्थ भिलासा वनवासका महाप्रबन्धक प्रकाश न्यौपानेले शुक्रबारदेखि मङ्गलबारसम्म होटलका ३४ कोठा पूरै भरिएको बताउनुभयो । आएका पर्यटकमध्ये आधाभन्दा बढी विदेशी रहेको उहाँको भनाइ छ । पोल्याण्ड, चीन, भारतलगायत देशबाट पर्यटक धेरै आएका छन् । उहाँले भन्नुभयो, “नयाँ वर्षमा होटलमा कोठा छैन भन्दैमा फुर्सद छैन ।” अरु बेलामा पर्यटकको आगमन कम भए पनि यो बेला भरिभराउ हुने गरेको उहाँको भनाइ छ । जङ्गल क्राउन होटल पनि केही दिनयता भरिएको छ ।

होटलका महाप्रबन्धक सन्तोष गिरीका अनुसार दुई महिनायता होटलमा पर्यटकको सङ्ख्या राम्रो छ ।शनिबारबाट सबै कोठा भरिएका छन् । अब ‘सिजन’ भएकाले पर्यटकको सङ्ख्या बढ्दै जाने उहाँले बताउनुभयो । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका महासचिव नवीन नेपालले आज साँझ नयाँ वर्ष विशेष कार्यक्रम राखिएको बताउनुभयो । उहाँका अनुसार ख्यातिप्राप्त कलाकारको प्रस्तुति हुने भएकाले पर्यटकको सङ्ख्या उल्लेख हुने अपेक्षा गरिएको छ । नेपाली नयाँ वर्ष भएकाले नेपाली पर्यटकलाई लक्षित गरी कार्यक्रम गरिएको नेपालले बताउनुभयो । उहाँले भन्नुभयो “साँझ अबेरसम्म सौराहामा रमाएर फर्किने पर्यटक पनि हुन्छन् ।” नयाँ वर्ष प्रारम्भसँगै सौराहा आउने पर्यटक चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा हात्ती, जीप, पैदल, डुङ्गा सयर गर्ने गर्दछन् । जङ्गल सफारीका लागि सौराहा विश्वप्रसिद्ध पर्यटकीयस्थल हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ उपत्यका वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा
काठमाडौँ उपत्यका वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा
जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण
जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण
कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन
पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता
पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता