एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
३४ पटक हेरिएको
Shares
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा लक्षित गरेर देशभर अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गरेका छन् ।
  • एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी सरकारले काम गर्ने उनले बताए ।
  • धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा संघ सरकारका तर्फबाट अनलाइन माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको बताए ।

 

१४ भदौ, धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा लक्षित गरेर देशभर अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गरेका छन् ।एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी सरकारले काम गर्ने उनले बताए । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा संघ सरकारका तर्फबाट अनलाइन माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको बताए ।‘५० प्रतिशतको हाराहारीमा मात्रै एसईईमा उत्तीर्ण हुनुु विद्यार्थी माथिको चरम अन्याय हो, यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छुु,’ उनले भने, ‘बढी नम्बर दिएर नभई विद्यार्थीले आफंै राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौं ।’ गत वर्ष झापामा अनलाइन कक्षा सञ्चालन गरेका विद्यार्थीहरुको नतिजामा सुधार आएको उल्लेख गर्दै उनले यो अभ्यासलाई देशभर विस्तार गर्ने बताए । उनले अहिलेको सरकार किन बन्यो भन्ने जवाफ परिणामबाटै दिने बताए । उनले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?