सांगठनिक हितलाई केन्द्रमा राखेर काम गर्न आईजीपी थापाको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
सांगठनिक हितलाई केन्द्रमा राखेर काम गर्न आईजीपी थापाको निर्देशन

सारांश

  • प्रहरी महानिरीक्षक दिपक थापाले आ–आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवं नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।
  • हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्र जान लागेका प्रहरी नायव महानिरीक्षकहरूलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँउै उनले सुरक्षा रणनीति तयार पारेर काम गर्न निर्देशन दिएका हुन् ।
  • थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नागरिकलाई शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउने गरी नविन ढंगले कार्य सम्पादन गर्न निर्देशन दिए ।

२३ वैशाख, काठमाडौं ।

प्रहरी महानिरीक्षक दिपक थापाले आ–आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवं नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्र जान लागेका प्रहरी नायव महानिरीक्षकहरूलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँउै उनले सुरक्षा रणनीति तयार पारेर काम गर्न निर्देशन दिएका हुन् ।

थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नागरिकलाई शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउने गरी नविन ढंगले कार्य सम्पादन गर्न निर्देशन दिए । व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न उनले निर्देशन दिए ।

साथै आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बानई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । थापाले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज तीनवटा संसदीय समितिको बैठक बस्दै
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत छ, पुनर्विचार गरिनुपर्छ: गगन थापा
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत छ, पुनर्विचार गरिनुपर्छ: गगन थापा
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ
गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन
गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन
नेपाल प्रहरीका ४५ जना एसपीको एकैपटकमा सरुवा (सूचीसहित)
नेपाल प्रहरीका ४५ जना एसपीको एकैपटकमा सरुवा (सूचीसहित)
सुनसरी घटना : घाइते युवकको उपचारका क्रममा मृत्यु
सुनसरी घटना : घाइते युवकको उपचारका क्रममा मृत्यु
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा
सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ
सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै