दशैंमा घर जाने रहर कसलाई हुँदैन र, दशैंभन्दा जिम्मेवारी ठूलो: ट्राफिक प्रहरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १४, २०८२
|
|
३८ पटक हेरिएको
Shares
दशैंमा घर जाने रहर कसलाई हुँदैन र, दशैंभन्दा जिम्मेवारी ठूलो: ट्राफिक प्रहरी

सारांश

  • दशैंमा घर जाने रहर कसलाई हुँदैन र ?
  • हुन्छ नि !
  •   एकातर्फ गाउँघर जाने यात्रुको लर्को थियो ।

१४ असोज, काठमाडौं ।

दशैंमा घर जाने रहर कसलाई हुँदैन र ? हुन्छ नि !  एकातर्फ गाउँघर जाने यात्रुको लर्को थियो । कति यात्रुहरू सवारी साधनको प्रतीक्षामा थिए । कोही निजी सवारीबाट गाउँघर गइरहेका थिए । यो काठमाडौंको कोटेश्वर चोकमा मंगलबार बिहान देखिएको दृश्य हो । त्यही चोकमा ट्राफिक प्रहरी मनिष कुमार महतो भने दशैंमा घर जान लागेका यात्रु र सवारीको व्यवस्थापनमा खटिएका थिए । उनलाई पनि गाउँघर सर्लाहीका जान मन नभएको होइन । तर जिम्मेवारीले उनी सेवामा खटिइरहेका थिए । सधैंझैं उनी बिहानैदेखि यात्रु र सवारीको व्यवस्थापनमा जुटिरहेका थिए ।

‘घर जाने रहर त हुन्छ नि । तर घर परिवारको माया मारेर जनताको सेवामा सडकमा खटिएको छु,’ उनले भने, ‘दशैंमा आइज भनेर घरबाट फोन आउँछ । जागिर खाएपछि जनताको सेवा गर्नै पर्‍यो ।’ उनले आफ्नो जिम्मेवारीको बोध गरे । दुई दिन भयो, सधैंजसो जाम हुने काठमडौं शहर सुनसान बनेको छ । न्यून सवारी साधन चलेका छन् । तर उनी गाउँघरलाई सम्झदै सेवारत थिए । ‘दुई दिन भयो । जाम छैन । गाउँघर जाने गइरहेका छन् । शहरमा जाम कम भएको छ,’ महतोले सुनाए । ७ वर्ष भयो उनले सेवा प्रवेश गरेको । चाडपर्वमा पनि सेवामै खटिनु पर्ने बाध्यता ट्राफिक प्रहरीको छ । दशैंमा घर नगएका महतो तिहारमा जाने योजना सुनाए । ‘दशैंको टीका कार्यालय प्रमुखको हातबाट लगाउने हो । अब तिहारमा घर जाने योजना छ,’ उनले भने । बाँके नेपालगन्जकी पूजा दसौदी र डडेल्धुराका मोहन सिंह कार्की त्रिपुरेश्वरमा सवारी व्यवस्थापमा खटिएका थिए । कार्की र दसौदी पनि यसपटक दशैंमा घर गएनन् । कार्कीले सेवा प्रवेश गरेको १५ वर्ष भयो तर उनी एक–दुई पटक दशैं मनाउन घर पुगेका रहेछन् ।दशैंमा घर गएको छैन । एक–दुई पटक गए त्यसपछि गएको छैन । घरमा सबै आउनु हुन्छ । मलाई पनि फोन गरेर आइज भन्नु भएको छ । तर यस्तो बेला झन् विशेष सेवा दिनुपर्छ । सवारी साधन हेर्नुपर्छ,’ कार्कीले भने ।

दसौदी ट्राफिक सेवामा प्रवेश गरेको ४ वर्ष भयो । दशैं भन्ने बित्तिकै उनलाई घरपरिवार सँगै बसेर मनाउने भन्ने लाग्छ । तर यसपटक उनी कामसँगै दशैं मनाउँदै छिन् ।‘दशैं भन्ने बित्तिकै घरपरिवारसँग बसेर मनाउने हुन्छ । टाढा–टाढा बसेको हुन्छ । दशैंमा सबै परिवारको भेट हुन्छ । तर यसपटक म जान नपाउने भए । दशैंमा ठूलाबडाबाट आर्शिवाद टीका जमरा थाप्न रमाइलो हुन्छ । यसपटक सडकमा डिउटी गर्दै दशैं मनाउने हो,’ उनले भनिन् । कैलाली धनगढीकी कल्पना चौधरी ट्राफिक प्रहरीमा जागिर खाएको १२ वर्ष पूरा भयो । तर उनी पनि प्रायजसो दशैंमा डिउटीमै हुन्छिन् । टीकाको भोलिपल्टै आउनु पर्ने बाध्यताले पनि घर जान समस्या हुने गरेको उनी बताउँछिन् । ‘घर टाढा छ । टीकाको भोलिपल्ट आउनु पर्छ । बाटो पनि खराब छ । आउन भ्याइदैन,’ उनले भनिन्, ‘यस्तोबेला झन् सडकमा खटिनुपर्छ । घर जाउँ–जाउँ त लाग्छ नि तर जागिरले जान मिलेन ।’ यसपटक ट्राफिक प्रहरी कार्यालयमै साथीहरूसँग मिलेर दशैं मनाउने योजना उनको छ । ‘घरबाट बोलाउनु भएको छ तर गइँदैन । कार्यालयमै साथीहरू मिलेर दशैं मनाउने हो । मिठो–मसिनो पकाएर खाने । कार्यालय प्रमुखको हातबाट टीका लगाउने,’ उनले भनिन् ।

 

कतिपय ट्राफिक प्रहरीले यसपटक साथीलाई तिहार र छठमा आफू जाने योजना बनाएका छन् । नयाँ बानेश्वर चोकमा ट्राफिक व्यवस्थापनमा खटिएका बाराका अमोद यादव छठमा घर जाने बताउँछन् । ‘दशैंको सट्टा छठमा जाने हो । तराईमा  दीपावली र छठ रमाइलो हुन्छ । अहिले अरु साथी जानु भएको छ । सबैलाई एकै पटक बिदा मिल्दैन,’ उनले भने । दशैंमा पनि सडकमा देखिने ट्राफिक प्रहरीहरूको सबैको साझा कथा हो । तर, चाडपर्वको समयमा दुर्घटनाको सम्भावना उच्च हुन्छ । सवारीसाधनको जाँच, चालकको मदिरा सेवन परीक्षणको जिम्मेवारी ट्राफिक प्रहरीको काँधका छ । त्यसैले देशभर दशैं मनाइरहँदा ट्राफिक प्रहरी भने सडकमा बिहानैदेखि काममा खटिरहेका छन् । उनीहरु अधिकांशको सन्देश छ, ‘ट्राफिक नियमको पालना गरौं । सभ्य भएर सवारी चलाऔं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु
सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु
सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव
धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव
तीन मन्त्रीसहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रमा
तीन मन्त्रीसहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रमा
नियन्त्रणमा आयो मखन टोलको आगलागी
नियन्त्रणमा आयो मखन टोलको आगलागी
दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
दुबईमा जीसीडी कप फेब्रुअरी २८ देखि हुने
दुबईमा जीसीडी कप फेब्रुअरी २८ देखि हुने